Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सगरमाथा वृक्षरोपण अभियानः पर्वतमा दुई हजारभन्दा बढी बिरुवा रोपिए


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार २७ २०८३
  • 456
    SHARES

काठमाडौं । नेपालले सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा झार्ने प्रतिबद्धता गरेअनुरूप वि.सं २०८२ देखि विसं २१०२ सम्म हरेक वर्ष असार १४ देखि साउन १५ सम्म एक महिने सगरमाथा वृक्षरोपण महाअभियान सञ्चालन गर्दै आएको छ । उक्त अभियानअन्तर्गत पर्वतमा दुई हजार ५०० बिरुवा रोपिएको हो ।

गत वर्षदेखि सुरु भएको उक्त अभियानअन्तर्गत डिभिजन वन कार्यालय पर्वतको सहयोगमा जिल्लाका विभिन्न क्षेत्रमा जीवनोपयोगी बिरुवा रोपिएको हो । कुश्मा नगरपालिका-७ मा रहेको भड्खोरे सामुदायिक वन, वडा नं २ मा रहेको कालीगण्डकी छमर्केपातल सामुदायिक वन, जलजला गाउँपालिकामा रहेको एकसल्ले सामुदायिक वनमा वृक्षरोपण गरिएको हो ।

अभियानअन्तर्गत करिब दुई हजार ५०० बिरुवा रोपिएको डिभिजन वन कार्यालयले जनाएको छ । वन क्षेत्रमा फलफूलजन्य बिरुवा रोपी उपभोक्ताको आयआर्जनमा सुधार गर्दै वन्यजन्तु तथा कार्बन उत्सर्जनमा टेवा पुर्‍याउने उद्देश्यले यस वर्ष झण्डै दुई हजार ५०० बिरुवा रोपिएको कार्यालयका प्रमुख हेमलाल न्यौपानेले जानकारी दिए ।

उनका अनुसार आँप, कटहर, लिची, अम्बा, टिमुर, अमलालगायत पहाडी भेगमा रुख बनेर फल्ने फलफूल जातलाई सामुदायिक वन, कबुलीयती वन र सार्वजनिक र खाली रहेको जमिनमा रोपण गरिएको हो । स्थानीय सामुदायिक वन उपभोक्ता समितिसँगको सहकार्यमा बिरुवा रोपिएको उनले बताए ।

डिभिजन वन कार्यालयले निःशुल्क रूपमा उपलब्ध गराएका ती बिरुवाको रेखदेख र संरक्षणको जिम्मा भने उपभोक्ता समितिको रहने छ । यसबाट भएको आम्दानीसमेत उपभोक्ता समितिले नै लाभ लिन सक्ने भएका छन् । बिरुवा रोपनमा जिल्लास्थित सरकारी तथा सुरक्षा निकायले पनि सहजीकरण गरिरहेका वन कार्यालयले जनाएको छ ।

अहिले रोपिएका बिरुवाको उचित संरक्षण भएमा दुई वर्षभित्र आम्दानी हुन थाल्नेछ । यसले बाँदरसहित अन्य वन्यजन्तुको आतङ्क न्यूनीकरण गर्नुका साथै स्थानीयवासीको आयआर्जनमा सुधार गर्दै समग्र जलवायु परिवर्तको असरलाई न्यूनीकरण गर्ने डिभिजन वन कार्यालयका वन अधिकृत राजेश पोख्रेलले जानकारी दिए ।

विशेषगरी कार्बन उत्सर्जन न्यूनीकरण र जलवायु परिवर्तनको असरलाई अनुकूलनमा योगदान, हिमालय र त्यसको जलाधार क्षेत्रको संरक्षण, वातावरणीय पुनःस्थापना र जैविक विविधता प्रवर्द्धन, रोजगारी सिर्जना तथा स्थानीय समुदायको जीवनस्तर सुधार, भावीपुस्ताका लागि सुरक्षित, हरित र समृद्ध वातावरणको निर्माण गर्ने उद्देश्यले वृक्षरोपण अभियान थालिएको पोख्रेलले जानकारी दिए ।

यसबाहेक कार्यालयमार्फत घाँससहित विभिन्न प्रजातिका गरी करिब ३० हजार बिरुवासमेत वितरण गरिएको छ । घाँस, फलफूल, जडीबुटीलगायत बिरुवा कार्यालयले निःशुल्क रूपमा वितरण गरेको हो । यस्तै, भू तथा जलाधार व्यवस्थापन कार्यालयले पनि बाँस, निगालो, राईखन्यु, बडहरलगायत विभिन्न प्रजातिका २० हजारभन्दा बढी बिरुवा वितरण गरिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४