Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फिलिपिन्समा ७ दशमलव ८ म्याग्निच्यूडको शक्तिशाली भूकम्प


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ २५ २०८३
  • 1.1K
    SHARES

काठमाडाैं । फिलिपिन्सको मिन्डानाओ टापु नजिक ७ दशमलव ८ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ ।

फिलिपिन्सको भूकम्प तथा ज्वालामुखी विज्ञान संस्थानले सारङ्गानी प्रान्तको तटीय क्षेत्रलाई केन्द्रविन्दु बनाएर साेमबार बिहान भूकम्प गएको जनाएकाे हाे । भूकम्पपछि फिलिपिन्स, इन्डोनेसिया र जापान लगायतका देशले सुनामीको चेतावनी जारी गरेका छन्। भूकम्पका कारण ठूलो भौतिक क्षति हुनसक्ने र शक्तिशाली पराकम्पहरू आउन सक्ने अनुमान गरिएको हाे ।

संस्थानले शुरुमा यसको तीव्रता ७ म्याग्निच्यूड मापन गरे पनि पछि यसलाई सच्याएको छ । भूकम्प गए लगत्तै अधिकारीहरूले तटीय क्षेत्रमा सामान्य ज्वारभाटाभन्दा १ मिटर अग्ला सुनामीका छालहरू आउन सक्ने भन्दै उच्च शतर्कता अपनाउन चेतावनी दिएका छन् । संस्थानले सुनामीको छाल केही घण्टासम्म जारी रहने जनाएकाे हाे ।

सुनामीको उच्च जोखिमलाई मध्यनजर गर्दै फिलिपिन्स सरकारले आठ वटा प्रान्तका तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई तत्त्काल सुरक्षित तथा उच्च स्थानमा जान कडा निर्देशन दिएको हाे।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४