Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उद्योग व्यापार क्षेत्रमा परेको असरलाई सम्बोधन गर्न कांग्रेसको जोडदार माग


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र १८ २०७७
  • 8.3K
    SHARES

उद्योग व्यापार क्षेत्रमा परेको असरलाई सम्बोधन गर्न कांग्रेसको जोडदार माग :

जन न्युज नेपाल खवर प्रतिनिधि काठमाडौँ !

काठमाडौं । नेपाली कांग्रेसले कोरोना भाइरस {कोभिड-१९} को सङ्क्रमण रोकथाम र उपचारका लागि लागु गरिएको बन्दाबन्दी र निषेधाज्ञाका कारण उद्योग वाणिज्य क्षेत्रमा परेको असरलाई तुरुन्त सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।
पार्टीको उद्योग तथा व्यापार केन्द्रीय विभागको बुधबार भएको भर्चुअल बैठकले बन्दाबन्दी र निषेधाज्ञाका कारण उद्योग तथा व्यापार क्षेत्रले आर्थिकरूपमा ठूलो क्षति व्यहोर्नु परेको र थुप्रै उद्योगधन्दा तथा व्यापार व्यवसायको क्षेत्र बन्द हुने परिस्थितिमा पुगिसकेको जनाएको छ । विभागका प्रमुख एवं पार्टीका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा कोरोनाले उद्योग व्यवसायमा पारेको प्रभाव र यसको समाधानका विषयमा छलफल भएको थियो ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसले नेपाललाई पनि आक्रान्त बनाएको छ । नेपालमा पनि सङ्क्रमणको दर बढ्दो रूपमा देखिएको छ भने देशको आधाभन्दा बढी भूभागमा यतिबेला बन्दाबन्दीदेखि निषेधाज्ञा जारी रहेकोले नागरिकको जीवन कष्टकर बन्दै गएको छ । बैठकले चाँडै नै उद्योग व्यवसायको क्षेत्रमा रहेका विभिन्न सङ्घ संस्था तथा विभिन्न व्यक्तिहरुसँग छलफल गर्नेसमेत निर्णय गरेको विभागका सचिव दीर्घमान श्रेष्ठले जन न्युज नेपाल खवरलाइ जानकारी दिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४