Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निःशुल्क मुटु परीक्षण शिविरबाट एक हजारभन्दा बढी लाभान्वित


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ १८ २०८३
  • 589
    SHARES

गोरखा । दुई दिने निःशुल्क मुटु रोग परीक्षण स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी लाभान्वित भएका छन् ।

रोटरी क्लब अफ गोरखाको आयोजनामा प्रदेश अस्पताल गोरखा र सिरानचोक गाउँपालिका सञ्चालित शिविरमा ७६२ जना र सिरानचोक गाउँपालिकामा आयोजित शिविरबाट २५९ जनाले सेवा लिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका विभागीय प्रमुख एवं वरिष्ठ मुटु रोग विशेषज्ञ डा अनिल भट्टराईले जानकारी दिए ।

‘सम्भव छ नेपाल, मुटु जोगाउ’ काठमाडौँको समन्वय र त्रिवि शिक्षण अस्पतालले प्राविधिक सहयोग शिविर सञ्चालन गरिएको हो ।

यही जेठ १६ र १७ गते सञ्चालित शिविरमा मुटुरोगसम्बन्धी परामर्श, इसिजी र इको कार्डियो जाँचका साथै आवश्यक औषधिहरू निःशुल्क वितरण गरिएको थियो ।

मुटु जाँच गराएकामध्ये केहीमा बाथ, मुटु रोग, जन्मजात मुटु रोग तथा मुटुको नसा ‘ब्लक’ हुने जस्ता गम्भीर स्वास्थ्य समस्या रहेको पाइएकाले उनीहरूको थप उपचारका लागि व्यवस्था मिलाउने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४