बर्दिबासमा आत्महत्या गरेकी महिलामा कोरोना पुष्टि
जन न्युज नेपाल खवर प्रतिनिधि
महोत्तरीको बर्दिबास नगरपालिकामा आत्महत्या गरेकी ८५ वर्षीया वृद्धामा कोरोना पुष्टि भएको छ।
बर्दिबास नपा ३ की ती महिलाको गत भदौ १५ गते कोरोना परीक्षण गरिएकोमा रिपोर्ट नआउँदै उनले बुधबार बिहान करिब साढ़े ६ बजेको समयमा झुन्डिएर आत्महत्या गरेकी थिइन्।
उनको रिपोर्ट हिजो दिउँसो मात्रै आएको बर्दिबास नगरपालिकाका नगर प्रमुख बिदुर कार्कीले जन न्युज नेपाल खवरलाइ जानकारी दिए।
यसअघि मृतकको घरका अन्य ३ जनामा समेत भदौं ११ गते कोरोना संक्रमण पृष्टि भएको थियो।