Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वामदेवबारे सचिवालयमा छलफल गर्न ओली – प्रचण्ड सहमत !


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र १७ २०७७
  • 2.7K
    SHARES

वामदेवबारे सचिवालयमा छलफल गर्न ओली – प्रचण्ड सहमत !

जन न्युज नेपाल खवर प्रतिनिधि काठमाडौँ !

काठमाडौं । नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार बस्ने सचिवालय बैठकमा पार्टीभित्रका सवै विषयमा छलफल गर्ने सहमति भएको छ । उनीहरुबीच रिक्त एक राष्ट्रिय सभा सदस्य पदमा उपाध्यक्ष बामदेव गौतमलाई पठाउने वा युवराज खतिवडा भन्नेमा मतभेद रहँदै आएको छ । पार्टीले गौतमलाई पठाउन निर्णय नै गरिसकेकाले निर्णय कार्यन्वयन गर्नुपर्ने पक्षमा प्रचण्ड छन् भने ओली गौतमले सो पद यसअघि नै अस्वीकार गरेकाले युवराज खतिवडालाई सिफारिस गर्ने पक्षमा छन् । 

बुधबार बेलुका दुई अध्यक्षबीच दुई घण्टा भएको भेटवार्तामा कार्यदल प्रतिवेदन, राष्ट्रिय सभा सदस्य पदमा सिफारिस गर्ने व्यक्ति लगायतमा छलफल गर्ने सहमति भएको हो । सचिवालय बैठक अघि ओलीलाई भेट्न प्रचण्ड बुधबार ५ बजे बालुवाटार पुगेका थिए । 

उनीहरुबीच २ घण्टा भेटवार्ता भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा “जुगलले” जन न्युज नेपाल खवरलाइ  जानकारी दिए । ‘दुई घण्टा छलफल भयो । भोलि सचिवालय बैठक बस्ने र सवै विषयमा बैठकमार्फत नै निर्णयमा पुग्ने कुरा बुझिएको छ’, सापकोटाले जन न्युज नेपाल खवरसँग भेटवार्ताबारे जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४