Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसले वैशाख ४ गते संसदीय दलको नेता चयन गर्दै करिब आधा दर्जन सांसदको दावी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र ३० २०८२
  • 760
    SHARES

काठमाडाैं । नेपाली कांग्रेसले आगामी वैशाख ४ गते संसदीय दलको नेता चयन गर्ने भएको छ ।

दलको नेता चयनका लागि कांग्रेसले वैशाख २ गते प्रक्रिया शुरु गर्ने भएकाे हाे । प्रतिनिधि सभाको दोस्रो ठूलो तथा मुख्य विपक्षी दलको नेता नचुँनिदा संवैधानिक परिषद् गठन हुन सकेको छैन । आन्तरिक विवादमा अल्मल्लिएको कांग्रेसबाट चयन हुने दलको नेता परिषद्को सदस्य रहनेछन् । संसदीय दलका नेताका लागि अर्जुननरसिंह केसी, भीष्म आङदेम्बे, मोहन आचार्य र भरतबहादुर खड्का लगायतको दावी छ ।

कांग्रेसबाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष र समानुपातिकबाट गरी ३८ जना सांसद निर्वाचित भएका छन् । पुराना नेताहरूबीच मात्रै प्रतिस्पर्धा भइरहेका बेला युवा सांसदहरू योगेश गौचन थकाली, निश्कल राई र बासना थापामध्ये कुनै एकलाई अघि सार्नुपर्ने दबाबसमेत चलिरहेको छ । दलको नेताका प्रमुख आकांक्षीका रुपमा रहेका सांसद अर्जुननरसिंह केसीले सर्वसम्मतिबाटै चयन गरिनुपर्ने बताउँदै आउनुभएको छ ।

त्यस्तै, नेताकेसीले कि वरिष्ठ वा सबै भन्दा युवा सांसदलाई दलको नेता बनाउन सुझाव दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४