पेट्रोलियम अभावका कारण अब शनिबार–आइतबार सार्वजनिक बिदा
जन प्रहार
प्रकाशित मिति
आइतबार, चैत्र २२ २०८२
532
SHARES
काठमाडौं। सरकारले भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेल ले जानकारी दिएका छन्। उनका अनुसार पेट्रोलियम आपूर्तिमा देखिएको असहजताका कारण यो निर्णय गरिएको हो।
यो व्यवस्था सरकारी कार्यालय तथा शैक्षिक संस्थामा लागू हुनेछ र भोलि (चैत २३ गते) देखि कार्यान्वयनमा आउनेछ।