डोल प्रसाद (डीपी) अर्याल आजै प्रतिनिधिसभा सभामुखको शपथ ग्रहण गर्ने
जन प्रहार
प्रकाशित मिति
आइतबार, चैत्र २२ २०८२
836
SHARES
काठमाडौं। प्रतिनिधिसभा सभामुख डोल प्रसाद अर्याल आज दिउँसो साढे २ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्। शपथ ग्रहण कार्यक्रम रामचन्द्र पौडेल को शीतल निवासमा हुनेछ।
कार्यक्रमपछि उनी सोही दिनै आफ्नो कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्नेछन्। गत शुक्रबार मनोनयन दर्ता गर्दा अर्यालको मात्र उम्मेदवारी परेको थियो, जसअनुसार प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसी ले उनी सभामुख पदमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरेका थिए।
अबदेखि अर्याल नै प्रतिनिधिसभा बैठकको संचालन गर्नेछन्।