Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री कपका लागि सुदूरपश्चिमको प्रारम्भिक टोली घोषणा, ३३ खेलाडी बन्द प्रशिक्षणमा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन ३० २०८२
  • 931
    SHARES

सुदूरपश्चिम । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको प्रारम्भिक टोली घोषणा गरिएको छ। सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले ३३ जना खेलाडी छनोट गर्दै उनीहरूलाई बन्द प्रशिक्षणमा बोलाएको जनाएको छ।

सङ्घका सचिव लक्ष्मणदत्त भट्टका अनुसार गत माघ महिनामा सञ्चालन गरिएको प्रादेशिक छनोट प्रतियोगितामा खेलाडीहरूले देखाएको प्रदर्शनका आधारमा प्रारम्भिक टोली चयन गरिएको हो। चयन भएका खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर थप मूल्याङ्कन गरिने र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई अन्तिम टोलीमा स्थान दिइने उनले जानकारी दिए।

प्रारम्भिक टोलीमा छनोट हुने खेलाडीहरूमा शेर मल्ल, भोजराज भट्ट, अशोक धामी, हेमन्त धामी, सौर्य श्रेष्ठ, विकास आग्री, किरन ठगुन्ना, टेक रावत, अरुण ऐरी, खडक बोहरा, अभिषेक पाल, प्रकाश पाण्डे, दीपक बोहरा, आयुव चन्द, राहुल भण्डारी र मिलन बोहरा रहेका छन्।

त्यसैगरी नारायण जोशी, आर्यन टमटा, लोकेन्द्र चन्द, वसन्त सिंह कार्की, आर्यन बेचे, आयुश चन्द, अर्जुन विक, राजु रिजाल, सचिन भट्ट, राज विक, सुनिल चन्द, नरेन भट्ट, कैलाश ऐर, वीरेन्द्र बम, हिक्मत महरा, विशाल ऐर र आशिष तिरुवा पनि प्रारम्भिक टोलीमा समावेश गरिएको छ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका कोषाध्यक्ष दिनेश सिंहका अनुसार छनोट भएका खेलाडीलाई बन्द प्रशिक्षणमार्फत थप तयारी गराइनेछ। प्रशिक्षण अवधिमा खेलाडीहरूको फिटनेस, प्राविधिक क्षमता र खेल प्रदर्शनको मूल्याङ्कन गरिनेछ।

उनले बन्द प्रशिक्षणपछि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समेटेर प्रधानमन्त्री कपका लागि अन्तिम टोली घोषणा गरिने बताए। सुदूरपश्चिम टोलीले यस वर्षको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित तयारी अघि बढाएको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४