Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कर्णालीमा समानुपातिकतर्फ पनि कांग्रेस पहिलो, रास्वपा दोस्रो


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन २६ २०८२
  • 2.8K
    SHARES

सुर्खेत – कर्णाली प्रदेशमा सम्पन्न निर्वाचनको समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। प्रदेश निर्वाचन कार्यालय कर्णालीले उपलब्ध गराएको विवरणअनुसार नेपाली कांग्रेस समानुपातिकतर्फ पनि पहिलो स्थानमा रहेको छ।

अन्तिम मतपरिणामअनुसार नेपाली कांग्रेसले एक लाख ४१ हजार २३३ मत प्राप्त गर्दै कर्णाली प्रदेशमा सबैभन्दा बढी मत ल्याएको छ। प्रत्यक्षतर्फ पाँच सिट जित्दै पहिलो बनेको कांग्रेसले समानुपातिकतर्फ पनि आफ्नो अग्रता कायम राख्न सफल भएको हो।

कर्णाली प्रदेशभर प्रत्यक्षतर्फ एक सिट मात्रै जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकतर्फ भने दोस्रो स्थानमा रहेको छ। रास्वपाले एक लाख ३३ हजार ७४९ मत प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

यसैगरी नेकपा (एमाले) ले एक लाख २० हजार ८६३ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेको छ। त्यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले एक लाख सात हजार १०१ मत प्राप्त गरेको छ।

अन्य दलहरूमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १५ हजार ७५५ मत प्राप्त गरेको छ भने प्रगतिशील लोकतान्त्रिक पार्टी ले ८ हजार ५३७ मत प्राप्त गरेको छ।

त्यसैगरी नेपाल मजदुर किसान पार्टी ले ५ हजार १३० मत ल्याएको छ। कर्णाली प्रदेशबाट श्रम संस्कृति पार्टी ले समानुपातिकतर्फ ४ हजार ६७५ मत प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

समानुपातिकतर्फ प्राप्त मतका आधारमा कर्णाली प्रदेशसभामा दलहरूको प्रतिनिधित्व तय हुने भएकाले यो परिणामले प्रदेशको आगामी राजनीतिक समीकरण र शक्ति सन्तुलनमा प्रभाव पार्ने देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४