Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दुर्गा प्रसाईँको प्रतिक्रिया : “मोरङ–३ का मतदाता २४ घण्टामा गुण बिर्सिँदो रहेछन्”


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन २६ २०८२
  • 3.1K
    SHARES

काठमाडौँ – अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँले नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा निर्वाचनमा पराजित भएपछि मोरङ–३ का मतदातालाई ‘बैगुनी’को संज्ञा दिएका छन्।

प्रसाईँले मोरङ–३ का मतदाताले २४ घण्टाभित्र गुण बिर्सिएको टिप्पणी गर्दै भने,

“डा. शर्माले सय वटा एम्बुलेन्स वितरण गर्नुका साथै धेरै बिरामीको उपचारमा सहयोग गरेका थिए। आज कहाँको न कहाँको मान्छेलाई भोट दिएपछि मान्छेलाई वितृष्णा हुनु स्वाभाविक हो। मोरङ–३ क्षेत्रका मान्छे बैगुनी छन्। मान्छेले २४ घण्टामा गुण बिर्सिँदो रहेछ।”

प्रसाईँले डा. शर्मालाई नेपाली कांग्रेसभित्र भविष्यमा पार्टी सभापति बन्न सक्ने क्षमता भएको नेता भएको दाबी समेत गरेका छन्। उनले भने,

“सुनिल शर्मा नेपाली कांग्रेसको पार्टी सभापति हुने लायकको मान्छे हो।”

उनले डा. शर्माको जीवनयात्रामा सामान्य परिवारबाट उठेर ठूलो स्वास्थ्य सेवा र व्यावसायिक साम्राज्य खडा गर्ने कथा उल्लेख गर्दै भने कि जीवनभर अरूको सेवा गर्ने व्यक्तिलाई मोरङ–३ का मतदाताले पराजित गर्नु दुःखद रहेको छ।

प्रसाईँले भोट नदिने मतदाताले नै लाज मान्नुपर्ने अवस्था आएको पनि बताए।

“एउटा सुकुम्वासीबाट जन्मेर, त्यतिको एम्पाइर खडा गरेर आफू सुकुम्वासी जस्तो जीवन बिताएर पनि अरूको सेवा गर्ने मान्छेलाई आज ३ नम्बर क्षेत्रले हरायो। सुनिल शर्मालाई लाज हुँदैन, शर्मालाई भोट नहाल्नेहरूलाई चाहिँ लाज हुन्छ।”

प्रसाईँको यो टिप्पणीले निर्वाचनपछि मतदाता व्यवहार र नेताप्रतिको अपेक्षाबारे सामाजिक तथा राजनीतिक बहसलाई नयाँ आयाम दिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४