Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निर्वाचनमा मतपेटिका र मुचुल्का प्रतिवेदनबीच मत फरक : आयोगको स्पष्ट निर्देशन


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन २४ २०८२
  • 2.3K
    SHARES

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको मतगणना प्रक्रिया जारी रहँदा केही जिल्लामा मतदान अधिकृतले तयार पारेको मुचुल्का प्रतिवेदन र मतपेटिकाभित्र भेटिएको प्रत्यक्ष मतसंख्या बीच केही फरक देखिएको छ। यस विषयलाई ध्यानमा राख्दै निर्वाचन आयोगले स्पष्ट कानुनी व्यवस्था अनुसार निर्णय लिन सम्बन्धित जिल्लाहरूलाई निर्देशन दिएको छ।

ओखलढुंगा लगायतका जिल्लामा यस्तो मतभेद देखिएपछि आयोगले देशभरका सबै निर्वाचन क्षेत्रमा समानता सुनिश्चित गर्ने उद्देश्यले एकरूप निर्णय कार्यान्वयन गरेको हो। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रकाश भट्टराईले मतगणना प्रक्रियामा हुने सम्भावित विवाद र त्रुटि नियन्त्रण गर्न आयोगले मतगणना निर्देशिकामा स्पष्ट कानुनी व्यवस्था मिलाएको बताए।

भट्टराईका अनुसार, “मतदानका क्रममा कति जना मतदाताले मत खसाले भनेर मतदाता नामावलीमा रेजा लगाउने क्रममा कहिलेकाहीँ मानवीय त्रुटि हुनसक्छ। विगतका निर्वाचनहरूमा पनि यस्ता फाट्टफुट्ट घटनाहरू देखिएका थिए। आयोगले कतै एउटा निर्णय र अर्को ठाउँमा फरक निर्णय गर्दैन। हामीले नीतिगत निर्देशन गरेर पठाइसकेका छौँ र सोही अनुसार सम्बन्धित जिल्लाका निर्वाचन अधिकृत र मतगणना टोलीले कार्य अगाडि बढाइरहेका छन्।”

निर्देशिकाअनुसार यदि मतदान अधिकृतले दिएको मुचुल्का र मतपेटिकाभित्र भेटिएको मत फरक परेमा ‘मतपेटिकामा भएको मतलाई नै आधिकारिक मानिने’ कानुनी व्यवस्था स्पष्ट रूपमा तोकिएको छ। यस आधारमा आयोगले देशभरका सबै निर्वाचन क्षेत्रमा समान निर्णय लागू गरेको छ।

यस कदमले मतगणना स्थलमा हुनसक्ने विवादलाई न्यून पार्ने र मतदान प्रक्रिया शान्तिपूर्ण र पारदर्शी रुपमा सम्पन्न गर्ने उद्देश्य राखेको आयोगले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४