Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इन्जिनियर र श्रमिकलाई दोषी देखाउँदै देश नबन्ने : विश्वप्रकाश शर्मा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन १६ २०८२
  • 1.2K
    SHARES

काठमाडौं । विश्वप्रकाश शर्माले इन्जिनियर, निर्माण व्यवसायी र श्रमिकलाई दोषी देखाउँदै रुखमा बाँधेर देश नबन्ने बताएका छन्।

गुल्मी क्षेत्र नम्बर १ मा आयोजित चुनावी सभामा उनले बालेन शाहलाई लक्षित गर्दै प्राविधिक जनशक्ति र श्रमिकलाई अपमान गर्ने शैली गलत भएको टिप्पणी गरे। उत्तेजनात्मक भाषणले मात्र देश नबन्ने स्पष्ट पार्दै उनले विकासका लागि स्पष्ट दृष्टिकोण, योजनाबद्ध कार्यशैली र निरन्तर परिश्रम आवश्यक पर्ने बताए।

“पैसामात्र भएर देश बन्दैन, देश बनाउन सोच र संकल्प चाहिन्छ,” उनले भने। नेपाली कांग्रेसले विकास निर्माणका कामलाई तीव्रता दिन तीन सिफ्टमा काम गर्ने योजना अघि सारेको उनले जानकारी दिए।

पहिले १० वर्षमा सकिनुपर्ने काम ३० वर्ष लागेको उल्लेख गर्दै उनले अब दिन–रात तीन सिफ्टमा काम गरेर ३० वर्षको काम १० वर्षमै सक्ने समय आएको बताए।

नेपालमा प्रचलित ‘सूर्य अस्त, नेपाल मस्त’ भन्ने सोच त्यागेर उत्पादनशील र परिणाममुखी कार्यसंस्कृति अपनाउनुपर्नेमा उनले जोड दिए। देशलाई अघि बढाउन सबै क्षेत्रको सहकार्य, सकारात्मक सोच र कडा मेहनत आवश्यक रहेको उनको भनाइ थियो।

कांग्रेस बदलिएको सोचसहित आएको दाबी गर्दै उनले मतदातालाई उम्मेदवारको पक्षमा उभिन आग्रह गरे। कार्यक्रममा कांग्रेसका नेता तथा गुल्मी–१ का प्रतिनिधिसभा उम्मेदवार डा. चन्द्र भण्डारीलगायत प्रदेश तथा जिल्ला तहका नेताहरूले पनि सम्बोधन गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४