Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शेयर बजार लगातार तेस्रो दिन घट्यो, नेप्से १० अंकले ओरालो


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ २८ २०८२
  • 1.7K
    SHARES

काठमाडौं । शेयर बजार लगातार तेस्रो कारोबार दिन पनि ओरालो लागेको छ । दिनभरको उतार–चढावपछि बजार परिसूचक नेप्से १०.२५ अंकले घट्दै २६६२.१४ विन्दुमा झरेको छ ।

नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । नेप्सेमा सूचीकृत १३ उपसमूहमध्ये म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य वृद्धि भए पनि बाँकी ११ उपसमूहको परिसूचक घटेको छ । सबैभन्दा बढी विकास बैंक उपसमूह १.१५ प्रतिशतले ओरालो लागेको छ ।

यस दिन १ सय ७९ कम्पनीको शेयर मूल्य घट्दा ७४ कम्पनीको शेयर मूल्य बढेको छ ।

घटेको बजारमा पनि कालिञ्चोक दर्शन लिमिटेड र अरुण भ्याली जलविद्युत कम्पनीका लगानीकर्ताले क्रमशः ६ प्रतिशतभन्दा बढी र ५ प्रतिशतभन्दा बढी नाफा कमाएका छन् । यता, कर्पोरेट विकास बैंकका लगानीकर्ताले भने सबैभन्दा बढी करिब ५ प्रतिशत नोक्सानी व्यहोरेका छन् ।

आज ३२४ वटा स्टकको कुल २ करोड १७ लाख १५ हजार कित्ता शेयर ८ अर्ब ६१ करोड ६४ लाख १० हजार रुपैयाँ बराबरमा खरिद–बिक्री भएको छ ।

कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहँदै ४५ करोड २८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस्तै, आँखुखोला जलविद्युत कम्पनीको करिब ४० करोड ५० लाख र रिडी पावर कम्पनीको करिब ३८ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४