Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कुहिरो र शीतलहरको प्रभाव: उपत्यका–तराईमा जनजीवन कष्टकर


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ १६ २०८२
  • 1.4K
    SHARES

काठमाडौं । बिहीबार बिहानैदेखि काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न भू-भाग बाक्लो हुस्सु र कुहिरोले जनजीवन कष्टकर बनेकाे छ । हिजो भएको वर्षा र वायुमण्डलको तल्लो तहमा बढेको चिसोका कारण सिर्जित बाक्लो कुहिरोले गर्दा जनजीवन र हवाई यातायात सेवा नराम्ररी प्रभावित भएको छ ।

न्यून पारदर्शिता (भिजिबिलिटी) का कारण काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान र अवतरण प्रभावित भएको छ । विमानस्थल कार्यालयका अनुसार बिहानैदेखि उडानको पर्खाइमा रहेका यात्रुहरू विमानस्थलमै रोकिएका छन् । काठमाडौँ बाहिरका भद्रपुर, जनकपुर, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढी लगायतका विमानस्थलमा समेत ‘भिजिबिलिटी’ अत्यन्तै कम हुँदा उडानहरू तालिकाभन्दा निकै ढिलो भएका छन् ।

जल तथा मौसम विज्ञान विभागले हिजोको वर्षातपछि वायुमण्डलको माथिल्लो तहमा चिसो बढेको र वाष्पीकरण प्रक्रियाका क्रममा पानीका साना कणहरू जमिनकै सतहमा रोकिएकाले बाक्लो कुहिरो लागेको जनाएको छ । तापक्रम र हावाको सन्तुलन नमिल्दा यी कणहरू माथि जान नपाएकाले दृश्य क्षमता घटेको मौसमविद्हरूको तर्क छ ।

कुहिरोकै कारण सडक यातायातमा पनि जोखिम बढेको भन्दै ट्राफिक प्रहरीले चालकहरूलाई सचेत रहन र हेडलाइट बालेर सवारी चलाउन आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४