Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वकप छनोटको दबाबपूर्ण खेलमा नेपाल–स्कटल्यान्ड आमनेसामने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ १३ २०८२
  • 1.9K
    SHARES

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत समूह चरणको अन्तिम र निर्णायक खेलमा आज नेपालले बलियो प्रतिद्वन्द्वी स्कटल्यान्डको सामना गर्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा जारी प्रतियोगितामा नेपालले सोचेअनुरूपको नतिजा निकाल्न सकेको छैन । पहिलो खेलमा थाइल्यान्ड र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएपछि नेपालको सुपर सिक्स यात्रा कठिन मोडमा पुगेको छ । तेस्रो खेलमा जिम्बावेलाई हराएर केही राहत महसुस गरेको नेपालले आज स्कटल्यान्डलाई हराउनैपर्ने बाध्यात्मक अवस्था छ ।

तर, जितले मात्र नेपालको यात्रा सुनिश्चित हुनेछैन । सुपर सिक्समा प्रवेश गर्नका लागि नेपालले स्कटल्यान्डलाई फराकिलो अन्तरले पराजित गर्नुपर्नेछ भने आजै हुने थाइल्यान्ड र नेदरल्यान्ड्सबीचको खेलको नतिजा पनि कुर्नुपर्ने हुन्छ । अर्थात्, आजको खेल नेपालको आफ्नै प्रदर्शन र भाग्य दुवैमा निर्भर रहनेछ ।

कागजी रूपमा हेर्दा स्कटल्यान्ड नेपालभन्दा निकै बलियो टोली हो । आईसीसी टी-२० आई वरीयतामा स्कटल्यान्ड ११औं स्थानमा छ भने नेपाल २१औं स्थानमा रहेको छ । स्कटल्यान्डले सन् २०२४ मा यूएईमा भएको महिला टी–२० विश्वकप खेलिसकेको अनुभव सँगालेको छ । सोही विश्वकपको आधारमा उनीहरूले सोझै ग्लोबल छनोटमा स्थान बनाएका हुन् ।

यद्यपि, अन्तर्राष्ट्रिय टी-२० खेलमा नेपाल र स्कटल्यान्डको यो पहिलो औपचारिक भेट हो । प्रतियोगिता अघि भएको अभ्यास खेलमा भने नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको थियो ।

नेपाली टोली : इन्दु बर्मा (कप्तान), पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, सोमु विष्ट, राजमती ऐरी, रोमा थापा, कविता जोशी, सीता राना मगर, काजल श्रेष्ठ, मनिषा उपाध्याय र रचना चौधरी ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४