Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हुम्लामा यो वर्षकै पहिलोपटक हिमपात, बाली सप्रिने आशामा किसान हर्षित


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ ११ २०८२
  • 1.5K
    SHARES

सिमकोट । हुम्लामा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो समयको खडेरी र प्रतीक्षापछि बुधबार (१० माघ) हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्रमा सिजनकै पहिलो हिमपात भएको हो ।

सामान्यतया मंसिरदेखि नै हिउँले ढाकिने हुम्लामा यसपटक झण्डै दुई महिना ढिलो गरी हिउँ परेको छ । समयमा हिमपात नहुँदा कात्तिकमा छरिएको जेठासी बाली सुक्न थालेपछि चिन्तित बनेका यहाँका कृषकहरूमा भने यो हिमपातले नयाँ उत्साह र खुसी सञ्चार गरेको छ । ‘हिउँ नपर्दा बारीको धुलो उडेर बाली सखाप हुने डर थियो, ढिलै भए पनि हिउँ पर्दा अब भोकमरी नहुने आशा जागेको छ,’ एक कृषकले भने ।

जल तथा मौसम विज्ञान विभागले पहिले नै हिमपातको सम्भावना रहेको पूर्वानुमान सार्वजनिक गरेपछि जिल्ला प्रशासन कार्यालय हुम्लाले सम्भावित जोखिमप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ । हिमपातसँगै बढेको अत्यधिक चिसोले जनजीवन प्रभावित हुनसक्ने भन्दै प्रशासनले उच्च सतर्कता अपनाउन र सुरक्षित रहन सूचना जारी गरेको हो ।

हुम्लामा मात्र नभई छिमेकी जिल्लाहरू मुगु र जुम्लामा पनि बुधबारदेखि नै हिमपात सुरु भएको छ । हिमपातका कारण ती जिल्लाका उच्च लेकाली क्षेत्रहरूको तापक्रम निकै ओरालो लागेको छ । ढिलो गरी भएको यो हिमपातले एकातिर चिसो बढाएर जनजीवन कष्टकर बनाएको छ भने अर्कोतिर कृषकका लागि भने यो ‘सेतो सुन’ जत्तिकै वरदान सावित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४