Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बालेनको ‘झापा–५’ पोस्टमा ६ मिनेटमै ११ हजार प्रतिक्रिया


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ ७ २०८२
  • 1.8K
    SHARES

काठमाडौं। आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरू चुनावी तयारीलाई तीव्र बनाएका छन्। निर्वाचन आयोगले देशभरका १६५ निर्वाचन क्षेत्रका कार्यालयहरूमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता प्रक्रिया आजदेखि सुरु गरेको छ। आयोगका अनुसार बिहान १० बजेबाट साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिनेछ।

उम्मेदवारहरूले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा साथमा लिएर उपस्थित हुनुपर्नेछ। त्यस्तै, उम्मेदवारले अन्तिम मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको निस्सा पनि अनिवार्य देखाउनुपर्नेछ। निर्वाचन आयोगले सबै राजनीतिक दल र उम्मेदवारलाई शान्तिपूर्ण र मर्यादित रूपमा निर्वाचन कार्यालय पुगेर प्रक्रिया सम्पन्न गर्न आग्रह गरेको छ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको अन्तिम सूची आयोगले सार्वजनिक गरिसकेको छ। कूल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ सदस्य प्रत्यक्ष निर्वाचनबाट र ११० सदस्य समानुपातिक प्रणालीबाट चयन हुने व्यवस्था छ।

गत भदौमा भएको राजनीतिक आन्दोलनपछि गठित अन्तरिम सरकारले निर्वाचनका लागि आवश्यक स्रोत र साधन उपलब्ध गराएको छ भने सुरक्षा सुनिश्चित गर्न निर्वाचन प्रहरीको छनोट प्रक्रिया पनि अघि बढाइएको छ। अधिकांश राजनीतिक दलले उम्मेदवार चयन पूरा गरिसकेका छन् भने केही दलले बाँकी निर्वाचन क्षेत्रका उम्मेदवार आजभोलि चयन गर्ने जनाएका छन्।

नेपाली कांग्रेसका सभापति गगन थापाले केही निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट प्रक्रियामा रहेको जानकारी दिएका छन् भने नेकपा एमालेले सबै क्षेत्रका उम्मेदवारको नाम टुंग्याइसकेको बताएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतका दलले पनि उम्मेदवार टुंग्याइसकेका छन्।

निर्वाचन आयोगले आवश्यक तयारी पूरा भएको बताउँदै आज देशभर उत्साहपूर्वक उम्मेदवार मनोनयनको प्रक्रिया अगाडि बढ्ने विश्वास व्यक्त गरेको छ। विसं २०७९ मा विघटित प्रतिनिधिसभा पुनः निर्वाचन मार्फत गठन हुने भएकाले निर्वाचनलाई सफल बनाउने उद्देश्यसहित सबै पक्ष तयारीमा जुटेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४