Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सेयर सूचकांक दोहोरो अंकले घट्यो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष १७ २०८२
  • 3.3K
    SHARES

काठमाडौं। सेयर बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबार परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ।

नेप्से परिसूचक १२ दशमलव ८३ अंकले घटेर २ हजार ६ सय २० दशमलव ९२ विन्दुमा ओर्लिएको हो । बजारमा कारोबार रकम समेत घटेको छ । अघिल्लो दिन ५ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बिहीबार कारोबार रकम ४ अर्ब ७१ करोडमा सीमित भएको हो । कूल ३ सय ३६ कम्पनीका १ करोड १ लाख ५३ हजार कित्ता सेयर कारोबार भएको थियो ।

कारोबार भएका कम्पनीमध्ये जम्मा ६३ कम्पनीको सेयर मूल्य बढेको छ। १ सय ८९ कम्पनीको मूल्य घटेको हाे। ८ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ। बजारका १३ समूहका सूचकमध्ये अन्य बाहेक सबै समूह घटेका छन् । सबै समूहका सूचकको घटबढ एक प्रतिशत भन्दा कम रहेको हाे ।

बजार ओरालो लागे पनि केही कम्पनीका लगानीकर्ताले उल्लेख्य कमाएका छन्। विन नेपाल लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको हाे। त्यस्तै, एसवाई प्यानलको मूल्य ९ दशमलव ०९ प्रतिशत र हिमस्टार ऊर्जाको मूल्य ८ दशमलव ०९ प्रतिशतले बढेको छ। बजारमा ग्लोबल आईएमई समुन्नत योजना २ म्युचुअल फण्डमा १० प्रतिशत मूल्य घटेको हाे ।

कारोबार रकमका आधारमा एसवाई प्यानल नै शीर्ष स्थानमा रहेकाे छ। यो कम्पनीको २३ करोड ४१ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भयो । त्यसैगरी शिवम सिमेन्टको १३ करोड ८० लाख र बुटवल पावर कम्पनीको १२ करोड २३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको नेप्सेले जनाएकाे छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४