Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दिग्गज अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन, सिने जगत स्तब्ध


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक २६ २०८२
  • 3.1K
    SHARES

मुम्बई । भारतीय चलचित्रका दिग्गज अभिनेता तथा बलिउडका ‘ही-म्यान’ धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ । सोमबार श्वासप्रश्वासमा समस्या आएपछि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएका उनको उपचारकै क्रममा निधन भएको हो ।

उनको निधनको खबरले सम्पूर्ण बलिउड जगत र उनका लाखौं प्रशंसकहरू स्तब्ध भएका छन् । धर्मेन्द्रलाई सोमबार अस्पताल भर्ना गरिएपछि भेन्टिलेटरमा राखिएको थियो र उनको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जानकारी दिएको थियो । परिवारका सदस्यहरूका अनुसार, धर्मेन्द्रका छोरीहरूलाई विदेशबाट मुम्बई बोलाइएको थियो । छोरा सन्नी देओल सोमबार राति अस्पताल बाहिर अत्यन्तै भावुक मुद्रामा देखिएका थिए भने अर्का छोरा बबी देओल पनि आफ्नो चलचित्र ‘अल्फा’ को छायांकन रोकेर मुम्बई फर्केका थिए ।

बलिउडका महानायक अमिताभ बच्चनदेखि शाहरुख खान, सलमान खान लगायत थुप्रै हस्तीहरू सोमबार अबेर राति ब्रीच क्यान्डी अस्पताल पुगेका थिए । धर्मेन्द्रको निधनको खबरसँगै बलिउडमा शोकको लहर छाएको छ । सामाजिक सञ्जालमा उनका प्रशंसकहरू र सिनेकर्मीहरूले श्रद्धाञ्जलि व्यक्त गरिरहेका छन् ।

छ दशकभन्दा लामो आफ्नो फिल्मी करियरमा धर्मेन्द्रले ‘ही-म्यान’ को उपाधि पाएका थिए । उनले बलिउडलाई ‘शोले’, ‘धर्म वीर’, ‘यादों की बारात’, ‘चुपके चुपके’ जस्ता अनगिन्ती अविस्मरणीय चलचित्रहरू दिएका छन् र लाखौं दर्शकहरूको मनमा राज गरेका थिए । उनको अन्तिम पर्दामा उपस्थिति डिसेम्बर २५ मा रिलिज हुने चलचित्र ‘इक्किस’ मा रहनेछ ।

उनका परिवारमा पत्नी हेमा मालिनी, छोराहरू सन्नी देओल र बबी देओल, छोरीहरू ईशा देओल, आहना देओल, अजिता र विजेता लगायत छन् । भारतीय सिनेमाले एक महान् तारा गुमाएको छ, जसको विरासत सधैं अमर रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४