Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वकपमा स्थान सुरक्षित गरिसकेको नेपालको नजर उपाधिमाथि, अन्तिम खेल सामाओसँग


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, कार्तिक १ २०८२
  • 4.1K
    SHARES

काठमाडौं । इस्ट एसिया प्यासिफिक क्वालिफायरको सुपर सिक्समा शानदार प्रदर्शन गर्दै नेपालले सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने आइसिसी टी-२० विश्वकपमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । दुई खेल अगावै विश्वकपमा छनोट भएपछि नेपाली टोलीको आत्मविश्वास चुलिएको छ, र अब उनीहरूको नजर छनोट चरणको उपाधिमाथि छ ।

बुधबार राति भएको रोमाञ्चक खेलमा बलियो प्रतिद्वन्द्वी ओमानलाई ३८ रनले पराजित गरेपछि नेपालको उपाधि यात्रा थप बलियो बनेको हो । यस जितसँगै नेपाल सुपर सिक्सको ८ अंकसहित शीर्षस्थानमा छ । दोस्रो र तेस्रो स्थानमा रहेका यूएई र ओमानको ६-६ अंक भए पनि यूएईले अब कुनै खेल खेल्न बाँकी छैन भने ओमानले आजै जापानसँग अन्तिम खेल खेल्दैछ ।

नेपालले अब आज दिउँसो ४:१५ बजे सामोआसँग आफ्नो अन्तिम सुपर सिक्स खेल खेल्दैछ । अंकविहीन सामोआ पुछारमा रहेकाले यो खेल नेपालका लागि ‘फाइनल’ सरह हुनेछ । यदि नेपालले सामोआलाई हराउन सकेमा १० अंकसहित अपराजित रहँदै ऐतिहासिक छनोट उपाधि चुम्नेछ । तेस्रो पटक विश्वकपमा छनोट भएको नेपालले यो उपाधि पहिलो पटक उचाल्ने अवसर पाएको छ ।

विश्वकपमा स्थान पक्का भएसँगै कप्तान रोहित पौडेलले अबको सपना उपाधि उचाल्ने रहेको बताएका छन् । ‘ओमानलाई हराएसँगै विश्वकप खेल्ने सपना पूरा भएको छ । अब हाम्रो लक्ष्य छनोटको उपाधि जित्नु हो,’ रोहितले भने ।

उपाधिको समीकरण:

नेपाल विजयी भए: सामोआलाई पराजित गरेमा नेपाल १० अंकसहित अपराजित च्याम्पियन बन्नेछ ।

नेपाल पराजित भए र ओमान विजयी भए: यदि नेपाल पराजित भयो र ओमानले जापानलाई हराएमा, रनरेटका आधारमा शीर्षस्थानमा रहेको टोलीले उपाधि उचाल्नेछ ।

नेपाल पराजित भए र ओमान पनि पराजित भए: यदि ओमान जापानसँग पराजित भयो भने, सामोआसँगको खेलको नतिजा आउनुअघि नै नेपालले उपाधि उचाल्नेछ । (जापान र ओमानको खेल आज बिहान ११:४५ बजे सुरु हुँदैछ ।)

नेपालसँगै ओमान र यूएईले पनि टी-२० विश्वकपमा आफ्नो स्थान पक्का गरिसकेका छन् । सुपर सिक्सबाट जापान, कतार र सामोआ भने बाहिरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४