Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“मेरी बास्सै’ मा निर्देशकको जिम्मेवारीसहित ६ वर्ष अघिको आफ्नो परिवार लिएर फर्किए राजु मास्टर”


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन २६ २०८२
  • 17.5K
    SHARES

काठमाडौँ  । नेपाली टेलिभिजन सिरियल क्षेत्रका चर्चित कलाकार तथा निर्देशक राजु पौडेल “राजु मास्टर” फेरी पनि ‘मेरी बास्सै’ मा फर्किएका छन्।

झण्डै दुई दशकको यात्रा पूरा गर्ने तयारीमा रहेको हास्य टेलि सिरियल ‘मेरी बास्सै’ मा फेरी “राजु मास्टर” लेखक र निर्देशनको जिम्मेवारीसहित फर्किएका हुन्। उनले सिरियलमा अभिनय समेत गर्ने भएका छन्।

राजुले यो सिरियलको लेखन, निर्देशनसँगै अभिनयको काम थालिसकेका छन्। भदौ ३ गते उनी जोडिएपछिको पहिलो एपिसोड प्रसारणमा आउने भएको छ।

मिडिया हबको प्रस्तुतिको रुपमा रहेको ‘मेरी बास्सै’ बाटै राजु पौडेल अर्थात् राजु मास्टरले कलाकारिता यात्रा सुरू गरेका थिए । करिब १२ वर्षसम्म निरन्तर यो सिरियलमा अभिनय गरेका राजुले बिचमा ६ वर्ष अन्य सिरियलमा काम गरे भने आफैले पनि लोकप्रिय सिरियल सकस समेत ल्याएका छन् ।

अहिले पुनः ‘मेरी बास्सै’ मा फर्किन पाउँदा खुसी र जिम्मेवारी महसुस भइरहेको उनले बताएका छन् ।

‘मेरी बास्सै मेरो घर हो, आफ्नै घरमा फर्किन पाउँदा खुसी लागेको छ। यहि ठाउँले मलाई कलाकारिता सिकायो, आज यहाँसम्म आउन सक्नु भनेकै मेरी बास्सैको देन हो,’ राजुले भने, ‘अहिले लेखन र निर्देशनको पनि जिम्मेवारी लिएर फर्किएको छु। त्यसैले चुनौति महसुस गरेको छु।’

राजुले ‘मेरी बास्सै’ बाट बाहिरिएपछि ‘हल्का रमाइलो’, ‘जुठे’ लगायतका सिरियलमा काम गरे। अहिले आफ्नै लेखन, निर्देशन, अभिनय र निर्माणमा ‘सकस’ सिरियल ल्याइरहेका छन्।

‘सकस छाडेर मेरी बास्सैमा फर्किएको होइन। सकस निरन्तर नै आउनेछ,’ उनले भने।

उनले ‘मेरी बास्सै’ को ९२३ भागबाट राजुले जिम्मेवारी सम्हालेका हुन्। उनका अनुसार उक्त एपिसोडमा नयाँ कथाबाट सिरियल अगाडि बढ्नेछ। राजुले भने, ‘हामीले चार भाग छायांकन गरिसकेका छौं। चलिरहेको भन्दा नयाँ कथा, नयाँ फ्लेवरमा सिरियल अगाडि बढ्नेछ।’

राजुले ‘मेरी बास्सै’ मा ६ वर्ष अघिको आफ्नो परिवार लिएर फर्किएको जानकारी दिए। उनीसहित मास्टर्नीको भूमिकामा अनिता बस्नेत, सालीको भूमिकामा सबिना आचार्य (सबु) पनि छन्।

यसअघि अभिनय गर्दै आएका धेरै कलाकारहरूको निरन्तरता रहनेछ। सिरियलमा कलाकारहरू रामचन्द्र अधिकारी (गोफ्ते काजी), सुरवीर पण्डित (दाह्री बा), पल्पसा डंगोल (चम्सुरी), निरू खड्का (निर्मली), दिपेन्द्र तिमल्सिना (बालक), साया भण्डारी (राधिका), मुकेश हमाल (सुन्दरे), यादव थापा (ब्याज प्रसाद)लगायत कलाकारहरू छन्।

सिरियलको छायांकारमा घनश्याम पोखरेल र ज्ञान कुमार कट्टेल छन् भने रविन्द्र भट्ट र अशोक चौधरीले सम्पादन गर्नेछन्। ब्यवस्थापनको जिम्मेवारीमा उज्जवल खड्का रहेका छन्।

‘मेरी बास्सै’ प्रत्येक मंगलबार साँझ नेपाल टेलिभिजन र मिडिया हव अफिसियल युट्युब च्यानलमार्फत प्रसारण हुँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४