Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दलको नेतृत्व लिएपछि कुनैपनि गुट बनाउन लाग्नु हुँदैन : प्रदीप पौडेल


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन १९ २०८२
  • 6.6K
    SHARES

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं काँग्रेस नेता प्रदीप पौडेलले दलको नेतृत्व लिएपछि कुनैपनि गुट बनाउन लाग्न नहुने बताएका छन् ।

शनिवार काठमाडौँमा तारापति भट्टराई स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पार्टीका नेतृत्व लिएपछि कुनै एउटा गुट खडा गरेर आफ्नो गुटलाई मात्रै माया गर्ने कुरा राम्रो नहुने बताए । उनले पार्टीको नेता भइसकेपछि सबै सदस्यहरूलाई समान व्यवहार गर्न सक्नुपर्ने बताए ।

राजनीति कुनै स्वार्थ त्यागेर र समर्पण गरेर मात्रै गर्न सकिने बताए । स्वार्थबाट राजनीतिमा लागेको मानिसलाई राजनीतिक व्यक्तित्व भन्न नमिल्ने बताए ।

मन्त्री पौडेलले भने ‘पार्टीको नेतृत्व लिएपछि त्यहाँभित्र गुट छ, गुटको सीमित मानिसहरूलाई माया गर्ने, नेतृत्व भनेको त अभियानको नेता हो नि त । त्यो अभियानलाई पूरा गर्न स्वार्थ त्यागेर सँगसँगै हिँडेको मानिस हो नि त । राजनीतिक परिभाषाले भन्दा स्वार्थले राजनीतिमा लागेको छ भन्दा राजनीतिको परिभाषाअनुसार उसले राजनीति गरेको मानिनु हुँदैन । हाम्रो नेतृत्व वा हाम्रो व्यवहारगत पक्षबाट निकै ठुलो त्रुटि छ ।

मन्त्री पौडेलले परिवर्तनका निम्ति जोखिम मोल्न सक्नुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४