Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ग्यास बिक्रीमा निगमको कडाइ: गोदाम र बिक्री कक्ष छुट्टाछुट्टै राख्नुपर्ने, दर्ता अनिवार्य


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज १४ २०८३
  • 1.2K
    SHARES

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको बिक्री वितरण प्रणालीलाई व्यवस्थित, सुरक्षित, पारदर्शी र भरपर्दो बनाउन देशभरका ग्यास बिक्रेता तथा डिलरहरूको हकमा निर्देशन जारी गरेको छ ।

निगमले देशभरको ग्यास बिक्रेता र डिलरको हकमा परिपत्र जारी गर्दै तोकिएको मूल्य तथा मापदण्ड पूर्ण रूपमा पालना गर्न सचेत गराएको हो ।बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, निगमले तोकेको भन्दा बढी मूल्य असुल्ने वा नियमविपरीत गतिविधि गर्ने जो–कोहीलाई पनि प्रचलित कानुन र निगमको विनियमावलीअनुसार कडा कारबाही गरिने चेतावनीसमेत निगमले दिएको छ ।

निगमको विनियमावलीको व्यवस्थाअनुसार अब ग्यास कारोबार गर्ने सबै फर्महरू वाणिज्य विभाग वा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुनुका साथै अनिवार्य रूपमा प्यान वा भ्याटमा दर्ता भई आयकर दर्ता प्रमाणपत्र लिएको हुनुपर्नेछ ।

डिलर रहने स्थानसम्म साना लोड सवारी साधन आउजाउ गर्न सक्ने बाटो हुनुपर्ने र सो स्थानमा सबैले स्पष्ट देख्ने गरी ४ फिट लम्बाइ तथा साढे २ फिट चौडाइको साइनबोर्ड राख्नुपर्ने व्यवस्था गरिएको छ । उक्त साइनबोर्डमा कुन–कुन ग्यासको आधिकारिक डिलर हो भन्ने विवरण प्रस्ट खुलाउनुपर्नेछ ।

ग्यासको भण्डारणलाई सुरक्षित बनाउन उद्योगबाट प्राप्त सिलिन्डरहरू सुख्खा, चिसो, हावादार र माथि छाना भएको ठाउँमा राख्नुपर्नेछ । साथै, पर्याप्त भेन्टिलेसन र आगो निभाउने यन्त्रसहितको सुरक्षा प्रबन्ध मिलाउनुपर्ने र गोदाम तथा बिक्रीकक्ष अलग–अलग स्थानमा राख्न नपाइने निगमले प्रस्ट पारेको छ ।

उपभोक्ताको अधिकार र सुरक्षालाई मध्यनजर गर्दै निगमले सिलिन्डरको तौल र गुणस्तरमा विशेष सतर्कता अपनाउन निर्देशन दिएको छ । डिलरहरूले उद्योगबाट सिलिन्डर प्राप्त गर्दा सिल र तौल अनिवार्य जाँच गर्नुपर्नेछ भने बिक्री स्थलमा तौल मेसिन राखेर उपभोक्ताले चाहेमा तौल जाँच गराइदिनुपर्नेछ ।

हाल बजारमा घरेलु प्रयोजनका लागि १४.२ केजी क्षमताको सिलिन्डर मात्र बिक्री भइरहेको सन्दर्भमा सोभन्दा घटी तौल भएको, ग्यास चुहिएको, क्षतिग्रस्त वा पानी तथा फोहोर मिसिएको सिलिन्डर बिक्री गर्न पूर्ण रोक लगाइएको छ ।

त्यस्ता समस्याग्रस्त सिलिन्डरहरूमा विशेष चिन्ह लगाएर छुट्टै राख्नुपर्नेछ र त्यसको अभिलेख राख्नुपर्नेछ । यसैगरी, घरेलु प्रयोजनका लागि तोकिएको सिलिन्डर नियमविपरीत व्यापारिक प्रयोजनमा बिक्री वितरण गर्न नपाइने व्यवस्था गरिएको छ ।

पारदर्शिता कायम गर्न डिलरहरूले दैनिक स्टक रजिष्टर अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्नेछ, जसमा बिहान पसल खोल्दाको सुरु मौज्दात, दिनभरिको बिक्री तथा अन्तिम मौज्दात स्पष्ट खुल्नुपर्नेछ ।

उपभोक्तालाई ग्यास उपलब्ध गराउँदा उनीहरूको नाम, घर नम्बर, ठेगाना र फोन नम्बर अनिवार्य रूपमा रजिष्टरमा दर्ता गर्नुपर्नेछ । साथै, ग्यास बिक्री गर्ने समय निर्धारण गरी सबैले देख्ने गरी टाँस्नुपर्ने र निगमले समय–समयमा निर्धारण गरेको खुद्रा बिक्री दरभन्दा बढी मूल्य लिन नपाइने नियम बनाइएको छ ।

अनुगमनका क्रममा आउने आयल निगम, सरकार तथा उपभोक्तासम्बद्ध निकायका अधिकारीहरूलाई मौज्दात र माग गरिएका सम्पूर्ण कागजातहरू देखाउनुपर्ने दायित्व बिक्रेताको हुनेछ ।

बिक्री स्थलमा हुने सम्पूर्ण काम–कारबाहीको जवाफदेही स्वयम् बिक्रेता नै हुने स्पष्ट पार्दै निगमले आवश्यकताअनुसार जुनसुकै बेला बिक्रेतासँग रहेको ग्यासको गुणस्तर र कागजात जाँच गर्ने तथा मापदण्ड पूरा नगरेको पाइएमा प्रचलित कानुनअनुसार कडा कानुनी कारबाही गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४