Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मूल्यवृद्धिको दोष खुद्रा व्यापारीलाई मात्र दिनु गलत : अध्यक्ष बज्राचार्य


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज ५ २०८३
  • 380
    SHARES

काठमाडाैं । नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र वज्राचार्यले बजारमा आपूर्ति श्रृंखला आएको समस्या र मूल्यवृद्धिको दोष खुद्रा व्यापारीलाई मात्र दिन नहुने बताउनुभएको छ ।

सोमवार नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले आयोजना गरेको ‘विद्यमान आपूर्ति प्रणालीका समस्या तथा समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले दैनिक उपभोग्य वस्तुको मूल्य परिवर्तनको प्रभाव खुद्रा व्यवासायमा देखिने भएको कारण उपभोक्ता र सञ्चारमाध्यमको आलोचना पनि खुद्रा व्यापारीले नै खेप्नुपरेको बताउनु भयो । उहाँले आपूर्ति प्रणालीमा देखिएको समस्याका कारण पुरानो स्टक र नयाँ स्टक एउटै पसलमा फरक पनि मूल्यमा विक्री हुने अवस्था आएको बताउनुभयो ।

उहाँले बजारमा आपूर्ति अभावको गलत सूचना फैलिँदा उपभोक्ताले आवश्यकताभन्दा बढी सामान सञ्चित गर्ने र त्यसले वस्तुको वास्तविक अभाव सिर्जना गर्नेतर्फ सबै पक्ष सचेत हुन आवश्यक रहेको पनि बताउनुभयो । अध्यक्ष वज्राचार्यले आपूर्ति प्रणालीमा उत्पादक, आयातकर्ता, वितरक, थोक तथा खुद्रा व्यापारी सबै तहको भूमिका रहने भएकाले समस्या उत्पन्न हुँदा जिम्मेवारी पनि सबै पक्षले लिनुपर्नेमा जोड दिनुभयो । उहाँले आपूर्ति श्रृंखलाको कुनै एक तहमा समस्या आएको त्यसको प्रभाव समग्र व्यापार चक्रमा पर्ने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘खुद्रा पसलमा सामान किन्न गएपछि थाहा पाउने अनि खुद्रा पसलमा किन्न गएपछि महँगो भएपछि गाली खाने को हो त ? खुद्रा व्यापारी नै गाली खाने हो । अहिले यति फास्ट प्राइस चेन्ज भइराखेको छ कि अनि उपभोक्तावादी संस्थाहरुले, पत्रकारले भन्छ ए पसलै पिच्छे भाउ फरक छ भन्छ ।

अनि मैले भन्ने गर्छु पसलै पिच्छे होइन, मेरै पसलमा पनि दुईटा प्राइज छ, एउटै सामानको भन्छु । अहिले त हरेक चिजमा एमआरपी छ नि त । हुँदा खेरि एक महिना अगाडि आएको सामान छ भने त्यसको २ सय छ भने एक महिना पछि आउँदा खेरि २ सय २५ भइसकेर आउँछ । अब पुरानो सामानमा त मैले बढाए बेच्न मिलेन नि । त्यसकारण पनि यो चक्रमा समस्या आएको छ ।’
बजार अनुगमनमा सम्बन्धित व्यवसायी तथा स्थानीय तहबीच समन्वय नहुँदा निर्दोष व्यवसायी फस्ने गरेको पनि उहाँको तर्क छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४