रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि उमाकुण्ड गाउँपालिका–३ रामेछापका क्षेत्रीय प्रतिनिधि प्रकाश कटुवालले केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।
कटुवालले रामेछापका सम्पूर्ण महाधिवेशन प्रतिनिधि, पार्टीका अग्रज नेता तथा युवा साथीहरूसँग आफ्नो उम्मेदवारीबारे जानकारी गराउँदै सहयोग र समर्थनका लागि आग्रह गर्नुभएको हो ।
उहाँले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा आफूलाई अघि बढाउने निर्णय गरेको बताउनुभएको छ । उम्मेदवारी घोषणा गर्दै कटुवालले पार्टीका सम्पूर्ण प्रतिनिधिको साथ, सहयोग र अमूल्य मतको अपेक्षा रहेको उल्लेख गर्नुभएको छ ।
कटुवालले रामेछापका अग्रज नेता, युवा पुस्ता तथा सम्पूर्ण प्रतिनिधिले आफ्नो उम्मेदवारीलाई समर्थन गर्दै अत्यधिक बहुमतका साथ विजयी गराउने विश्वास व्यक्त गर्नुभएको छ ।
पार्टीको संगठनलाई थप सुदृढ बनाउन तथा आगामी दिनमा पार्टीका गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्ने उद्देश्यसहित आफूले उम्मेदवारी दिन लागेको उहाँको भनाइ छ ।
उमाकुण्ड गाउँपालिका–३ रामेछापका क्षेत्रीय प्रतिनिधिसमेत रहेका कटुवालले महाधिवेशन प्रतिनिधिका रूपमा आफूलाई निर्वाचित गराउन सम्पूर्ण प्रतिनिधिसमक्ष आग्रह गर्नुभएको छ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा विभिन्न जिल्लाबाट महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी घोषणा गर्ने क्रमसमेत सुरु भएको छ । रामेछापमा पनि विभिन्न पदका लागि आकांक्षीहरूले आफ्नो उम्मेदवारी सार्वजनिक गर्न थालेका छन् ।