Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पाकिस्तानको फोरटी बन्यो पब्जी मोबाइल ग्लोबल ओपन दक्षिण एसिया च्याम्पियन


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज ४ २०८३
  • 1K
    SHARES

काठमाडौं । पाकिस्तानको फोरटी (4T) ले पब्जी मोबाइल ग्लोबल ओपन साउथ एशियन च्याम्पियनसिपको उपाधि जितेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शनिबार सम्पन्न प्रतियोगिताको अन्तिम दिन उत्कृष्ट प्रदर्शन गर्दै फोरटीले उपाधि आफ्नो नाममा गरेको हो।

इस्पोर्ट्स संघ नेपाल (इशान) र पब्जी मोबाइलको आयोजनामा भएको प्रतियोगितामा फोरटीले तीन चिकेन डिनरसहित कुल २०९ अंक जोड्दै शीर्ष स्थान हासिल गर्‍यो। प्रतियोगिताको पहिलो दिनदेखि नै फोरटीले लगातार उत्कृष्ट प्रदर्शन गर्दै अग्रता कायम राखेको थियो।

अन्तिम दिन पनि आफ्नो प्रदर्शनलाई निरन्तरता दिँदै फोरटीले शीर्ष स्थान सुरक्षित गरेको हो। लगातारको राम्रो प्रदर्शनका कारण टोलीले अन्य प्रतिस्पर्धीमाथि अंकको अन्तर कायम गर्न सफल भयो।

नेपाली टोली टीटुके दोस्रो

प्रतियोगितामा नेपाली टोली टीटुके (T2K) ले उत्कृष्ट पुनरागमन गर्दै दोस्रो स्थान हासिल गरेको छ। टीटुकेले दुई चिकेन डिनरसहित १८८ अंक जोड्यो।

टीटुके प्रतियोगिताको तेस्रो दिनको समाप्तिसम्म पाँचौँ स्थानमा रहेको थियो। तर अन्तिम दिन उत्कृष्ट प्रदर्शन गर्दै टोलीले महत्वपूर्ण अंक जोड्यो र एकैपटक माथि उक्लिँदै उपविजेताको स्थान सुरक्षित गर्न सफल भयो।

अर्को नेपाली टोली होर इस्पोर्ट्स ले तेस्रो स्थान हासिल गरेको छ। होरले तीन चिकेन डिनरसहित १७५ अंक जोडेको थियो। प्रतियोगिताको शुक्रबारसम्म होर दोस्रो स्थानमा रहेको थियो। तर अन्तिम दिनको प्रदर्शनपछि टीटुकेले उसलाई पछि पार्दै दोस्रो स्थानमा प्रतियोगिता समाप्त गर्‍यो।

शीर्ष तीन टोली मुख्य प्रतियोगितामा

प्रतियोगितामा शीर्ष तीन स्थान हासिल गर्ने फोरटी, टीटुके र होर इस्पोर्ट्सले पब्जी मोबाइल ग्लोबल ओपन सिजन–२ को मुख्य प्रतियोगितामा स्थान पक्का गरेका छन्।

यस उपलब्धिले नेपाली इस्पोर्ट्सका लागि पनि महत्वपूर्ण सफलता थपेको छ। एउटै प्रतियोगितामा नेपालका दुई टोली शीर्ष तीनमा पर्न सफल भएका हुन्।

विजेताले पाए ९ हजार अमेरिकी डलर

प्रतियोगिताको उपाधि जितेको पाकिस्तानको फोरटीले ९ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ। त्यस्तै, दोस्रो भएको नेपाली टोली टीटुकेले ५ हजार ५ सय अमेरिकी डलर तथा तेस्रो भएको होर इस्पोर्ट्सले ४ हजार ५ सय अमेरिकी डलर प्राप्त गरेका छन्।

प्रतियोगितामा दक्षिण एसियाका १६ टोली सहभागी थिए। जसमा नेपालबाट ४, पाकिस्तानबाट ८ र बंगलादेशबाट ४ टोली सहभागी भएका थिए।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् कभर्डहलमा भएको प्रतियोगिताले नेपालमा पब्जी मोबाइल तथा समग्र इस्पोर्ट्सप्रतिको बढ्दो आकर्षणलाई समेत देखाएको छ। अन्तिम दिनसम्म रोमाञ्चक प्रतिस्पर्धा चलेको प्रतियोगितामा पाकिस्तानको फोरटीले निरन्तरता कायम राख्दै उपाधि जित्दा नेपालका टीटुके र होरले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४