Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्रोत नखुलेको भारु साढे चार लाखसहित भारतीय नागरिक पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र २७ २०८३
  • 893
    SHARES

काठमाडौँ । स्रोत नखुलेको भारतीय मुद्रासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले मोटरसाइकलको डिक्कीमा लुकाएर राखिएको भारु चार लाख ५० हजार बरामद गर्दै उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार पक्राउ पर्नेमा भारतको मोतीहारी पलानवा थाना–१० का ५५ वर्षीय अशोक कुमार रहेका छन् ।

नियमित गस्तीमा खटिएको प्रहरी टोलीले शङ्का लागेपछि मोटरसाइकल जाँच गर्ने क्रममा डिक्कीमा लुकाएर राखिएको भारतीय रुपैयाँ फेला पारेको थियो । जाँचका क्रममा विभिन्न दरका भारतीय नोट बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक मल्लका अनुसार मोटरसाइकलको डिक्कीबाट रु. ५०० दरका ८९१ थान, रु. २०० दरका नोट तथा रु. १०० दरका ४३ थान भारतीय नोट बरामद गरिएको हो ।

बरामद भएको रकमको स्रोत खुल्न नसकेपछि प्रहरीले अशोक कुमारलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । उनलाई हिरासतमा राखी रकम कहाँबाट प्राप्त भएको हो, नेपालमा ल्याउनुको उद्देश्य के थियो र कारोबारमा अन्य व्यक्तिको संलग्नता छ कि छैन भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको भारतीय मुद्रा ओसारपसार तथा कारोबार हुन सक्ने सम्भावनालाई समेत ध्यानमा राखेर अनुसन्धान गरिरहेको छ ।

पक्राउ परेका व्यक्तिमाथि आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान अघि बढाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४