Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

झापामा रहेकाे भाटभाटेनी सुपर स्टोर आजदेखि पुनः सञ्चालनमा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र १४ २०८३
  • 589
    SHARES

काठमाडौं । झापाको बिर्तामोडस्थित भाटभटेनी सुपर स्टोर आइतबारदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आएको छ। गत वर्ष भदौ २४ गते जेनजी युवाको आन्दोलनका क्रममा आगजनी भएपछि बन्द रहेको स्टोर पुनः सञ्चालनमा आएको हो।

भाटभटेनी सुपर स्टोरका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले आइतबार विज्ञप्ति जारी गर्दै बिर्तामोड स्टोर पुनः सञ्चालनमा आएको जानकारी दिनुभएको हो।

विज्ञप्तिमा गत वर्षको भदौ २४ गते भएको आगजनीका कारण स्टोरमा ठूलो क्षति पुगेपछि आवश्यक पुनर्निर्माण तथा व्यवस्थापनको काम पूरा गरी पुनः सञ्चालनमा ल्याइएको उल्लेख गरिएको छ।

स्टोर पुनः सञ्चालनमा आएसँगै बिर्तामोड तथा आसपासका उपभोक्ताले भाटभटेनीबाट उपलब्ध हुने दैनिक उपभोग्य वस्तु, खाद्यान्न, लत्ताकपडा, विद्युतीय सामग्रीलगायत विभिन्न सामान खरिद गर्न सक्ने भएका छन्।

भाटभटेनीले आगजनीका कारण बन्द भएका आफ्ना अन्य स्टोरहरू पनि क्रमशः सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ। विज्ञप्तिअनुसार धरान र काठमाडौंको टंगालस्थित स्टोर पनि छिट्टै पुनः सञ्चालनमा आउने भएका छन्।

आगजनीपछि लामो समय बन्द रहेका स्टोर पुनः सञ्चालनमा आउन थालेसँगै प्रभावित क्षेत्रमा भाटभटेनीको सेवा पुनः सामान्य अवस्थामा फर्किने अपेक्षा गरिएको छ। कम्पनीले आवश्यक तयारी तथा पुनर्निर्माणका काम पूरा गर्दै बाँकी स्टोरहरू पनि सञ्चालनमा ल्याउने जनाएको छ।

बिर्तामोड स्टोर पुनः सञ्चालनमा आएपछि स्थानीय उपभोक्ताले दैनिक आवश्यकताका सामग्री सहज रूपमा प्राप्त गर्ने वातावरण बनेको छ। कम्पनीले उपभोक्तालाई नियमित सेवा प्रदान गर्ने प्रतिबद्धतासमेत जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४