Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र ५ २०८३
  • 304
    SHARES

काठमाडौं । बाजुराको गौमुल गाउँपालिका–३ कटीगाउँमा अविरल वर्षापछि खसेको पहिरोले दुई घर पूर्ण रूपमा ध्वस्त बनाएको छ। पहिरोको जोखिम अझै कायम रहेपछि आसपासका १४ घरका ११५ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

बिहीबार दिउँसो परेको लगातारको वर्षासँगै आएको पहिरोले ५७ वर्षीय पूर्णिमल बोहरा र ३८ वर्षीया बुदी बोहरा को तीनतले घर पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। पहिरोले दुवै घर भत्किनुका साथै घरभित्र रहेका लत्ताकपडा, खाद्यान्न, भाँडाकुँडा र अन्य सामग्री पनि पुरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरेशबहादुर शाही का अनुसार पहिरो प्रभावित क्षेत्रमा अझै जमिन चिरिने र थप पहिरो खस्ने जोखिम रहेकाले स्थानीयवासीको सुरक्षालाई प्राथमिकता दिँदै १४ घरका ११५ जनालाई तत्काल सुरक्षित स्थानमा सारिएको हो। विस्थापित परिवारलाई अस्थायी टहरामा राखिएको छ र उनीहरूको आवश्यक व्यवस्थापनका लागि स्थानीय तह र सुरक्षा निकायले समन्वय गरिरहेका छन्।

प्रहरी, स्थानीयवासी र जनप्रतिनिधिको सहयोगमा पुरिएका सामग्री निकाल्ने प्रयास जारी रहेको छ। तर, लगातार वर्षा भइरहेकाले उद्धार तथा सामग्री व्यवस्थापनमा कठिनाइ भइरहेको जनाइएको छ।

यसैबीच, गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकाया ले प्रभावित परिवारलाई राहत उपलब्ध गराउन गाउँपालिकाबाट टोली परिचालन गरिएको जानकारी दिएका छन्। उहाँका अनुसार खाद्यान्न, त्रिपाल, लत्ताकपडा लगायतका अत्यावश्यक राहत सामग्री वितरणको तयारी भइरहेको छ।

अध्यक्ष रोकायाले विपद्को यो अवस्थामा विस्थापित परिवारको सहयोगका लागि स्थानीय सामाजिक संघसंस्था, स्वयंसेवी संस्था र समुदायलाई एकजुट भएर सहयोग गर्न पनि आह्वान गर्नुभएको छ।

बाजुरासहित सुदूरपश्चिमका पहाडी जिल्लामा पछिल्ला दिनदेखि लगातार वर्षा भइरहेकाले विभिन्न स्थानमा पहिरोको जोखिम बढेको छ। सम्बन्धित निकायले पहिरोको सम्भावना रहेका बस्तीमा उच्च सतर्कता अपनाउन र आवश्यक परे तत्काल सुरक्षित स्थानमा सर्न स्थानीयवासीलाई आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४