Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आफूलाई पायक पर्ने बिक्रेताबाट आजदेखि नियमित ग्यास बिक्री सुरु, उद्योगीलाई दैनिक विवरण बुझाउन निगमको कडा निर्देशन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र १ २०८३
  • 874
    SHARES

काठमाडौं। नेपाल आयल निगमले खाना पकाउने ग्यासको बिक्री वितरणलाई नियमित र व्यवस्थित बनाउन सोमबारदेखि सम्बन्धित ग्यास उद्योगद्वारा नियुक्त बिक्रेतामार्फत नियमित प्रक्रिया अनुसार ग्यास बिक्री सुरु गरिएको जनाएको छ। निगमले उपभोक्तालाई आफूलाई पायक पर्ने आधिकारिक बिक्रेतासँग सम्पर्क गरी ग्यास खरिद गर्न आग्रह गरेको छ।

निगमले जारी गरेको सूचनाअनुसार ग्यास वितरणमा पारदर्शिता र सहजता कायम गर्न उद्योगीलाई दैनिक रूपमा बिक्री वितरणको विस्तृत विवरण उपलब्ध गराउन निर्देशन दिएको छ। प्रत्येक दिन बिहान ९ बजेसम्म बिक्री गर्ने बिक्रेता तथा वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर र उपलब्ध गराइने सिलिन्डर सङ्ख्यासहितको विवरण निगममा पठाउनुपर्ने व्यवस्था गरिएको छ।

यस्तै, ग्यास बिक्रेता तथा वितरकले बिक्री गरेको प्रत्येक सिलिन्डरको अभिलेख राख्नुपर्नेछ। उपभोक्ताको नाम, सम्पर्क नम्बर र बिक्री गरिएको ग्यासको परिमाणसहितको विवरण दैनिक रूपमा तयार गरी सम्बन्धित उद्योगलाई बुझाउनुपर्नेछ। उद्योगहरूले पनि उक्त विवरण सोही दिन निगममा अनिवार्य रूपमा पठाउनुपर्ने व्यवस्था गरिएको निगमले जनाएको छ।

निगमका अनुसार ग्यास अभावको अवस्थामा अत्यावश्यक घरायसी प्रयोजनका लागि प्रयोग गर्ने उपभोक्तालाई उच्च प्राथमिकतामा राखेर बिक्री वितरण गर्न सबै उद्योग र बिक्रेतालाई निर्देशन दिइएको छ।

ग्यास ढुवानी र वितरणमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले सुरक्षात्मक सहजीकरणका लागि गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई अनुरोध गरिएको निगमले जनाएको छ। यसका साथै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँगको समन्वयमा निगमबाट खटिएका जनशक्ति सहितको संयुक्त अनुगमन टोली परिचालन गरी ग्यास वितरणको नियमित निगरानी गर्ने व्यवस्था पनि मिलाइएको छ।

निगमले यस व्यवस्थाले ग्यास वितरणलाई थप व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउने विश्वास व्यक्त गर्दै उपभोक्तालाई आधिकारिक बिक्रेताबाट मात्रै ग्यास खरिद गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४