Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अन्तर्राष्ट्रिय युवा दिवस आज नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन २७ २०८३
  • 798
    SHARES

काठमाडाैं । अन्तर्राष्ट्रिय युवा दिवस बुधबार नेपालमा पनि विभिन्न कार्यक्रमकाे आयाेजना गरी देशैभर मनाइँदैछ ।

यस वर्ष दिवसको मूल नारा ‘भिन्न परिवेश, साझा आकांक्षा’ रहेको हाे । युवाको भूमिकाको महत्वलाई दर्शाउने उद्देश्यका साथ दिवस मनाउने गरिएको छ। सन् २००० देखि संयुक्त राष्ट्र संघको आह्वानमा अगस्त १२ तारिखमा यो दिवस मनाउने गरिएको छ ।दिवस मनाउनुको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा युवा केन्द्रित बहस पैरवी गर्ने, नीति निर्माण तथा कार्यान्वयनमा युवा सहभागिता बढाउनु रहेको छ ।

त्यस्तै, साझेदारी एवम् लगानी अभिवृद्धि गर्ने, युवामैत्री शासन प्रवर्द्धन गर्ने सहयोग गर्ने, युवा केन्द्रित सरकारी, गैरसरकारी, निजी संस्थारनिकायहरूबीच सहकार्य र साझेदारी अभिवृद्धि गर्नु रहेको हाे । दिवसका अवसरमा बुधबार प्रज्ञा प्रतिष्ठान कमलादीमा विशेष समारोहको आयोजना गरिनेभएकाे छ। कार्यक्रममा सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय सम्बन्धी प्रदर्शनी गरिँदैछ । यो दिवस युवा जागरणका दिशामा विश्वव्यापी र साझा अभियान हो । सांस्कृतिक, भौगोलिक, भाषिक, शारीरिक तथा प्रविधिजन्य विविधताबीच एकता र पारस्परिकता प्रवर्द्धनमा सबैलाई हातेमालो गर्दै अघि बढ्ने सङ्कल्प समेत दिवसका अवसरमा व्यक्त हुँदै आएको छ ।

दिवसका अवसरमा सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसाय राष्ट्रिय पुरस्कारबाट विभिन्न ६ वटा व्यवसायलाई पुरस्कृत गरिँदैछ । त्यस्तै, सातै प्रदेशका युवा उद्यमीलाई पनि पुरस्कृत गर्ने कार्यक्रम छ । राष्ट्रिय युवा परिषद्का अध्यक्ष एवम् युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा यहि साउन १ गते बसेको बैठकले अन्तर्राष्ट्रिय युवा दिवस भव्यताका साथ मनाउने निर्णय गरेको थियो ।

राष्ट्रिय जनगणना २०७८ अनुसार, १६ देखि ४० वर्ष उमेर समूहको जनसङ्ख्या एक करोड २४ लाख १२ हजार १ सय ७३ जना अर्थात कूल जनसङ्ख्याको ४२ दशमलव ५६ प्रतिशत छ । युवा अवस्थालाई मानव जीवनमा अत्यधिक जोश, जाँगर, उत्साह अनि शक्ति भएको उमेर–समूहका रूपमा लिइन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४