काठमाडौँ । २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाको ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँ बस्ने बाँसगढी नगरपालिका–५ घर भएका २९ वर्षीय कमल रावत पक्राउ परेका छन् ।
प्रहरीका अनुसार रावतले ती महिलालाई जबरजस्ती करणी गरेको भन्दै उजुरी परेको थियो । उक्त उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बगनाहबाट खटिएको प्रहरीले उनलाई सोमबार बिहान पक्राउ गरेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाको वास्तविकता तथा आरोप पुष्टि भए–नभएको विषय अनुसन्धानपछि मात्रै स्पष्ट हुने जनाएको छ ।