Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आईसीसी क्रिकेट विश्वकप लिग-२ शृंखलामा नेदरल्यान्ड्सकाे नेपालमाथि शानदार जित नेपालको भने लगातार चौथो हार


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन १४ २०८३
  • 456
    SHARES

काठमाडाैं । नेदरल्यान्ड्समा जारी आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाकाे चौथो खेलमा पनि नेपाल पराजित भएको छ ।

बुधबार राति सम्पन्न भएकाे खेलमा नेपाल घरेलु टोली नेदरल्यान्ड्ससँग ५७ रनकाे फराकिलाे अन्तरले पराजित भएको हो । नेदरल्यान्ड्सले दिएको २ सय २६ रनको लक्ष्य पछ्याएको नेपाल ४८ ओभरमा १ सय ६८ रनमा अलआउट भएसँगै पराजित भयाे । यसअघि नेपाल आयोजक नेदरल्याण्डससँग एक तथा नामिवियासँग २ खेलमा पराजित भइसकेको छ ।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ३८ रन बनाए भने कप्तान रोहित पौडेलले २६ तथा करण केसीले २३ रन बनाएका थिए । इशान पाण्डेले १६, गुल्शन झाले ११ तथा भीम सार्कीले १० रन बनाए । दीपेन्द्र सिंह ऐरी पनि ६ रनमा आउट भए भने त्यसको केही समयमै कप्तान रोहित पनि आउट भए ।

नेदरल्यान्ड्सका लागि काइल क्लेइनले ३ विकेट लिए भने रोलफ भान डर मर्वे, जाच लायन कासेट र लोगान भान बिकले २–२ तथा आर्यन दत्तले १ विकेट लिएका हुन् । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले ५० ओभरमा ९ विकेट गुमाएर २ सय २५ रन बनाएको थियो। नोआ क्रोसले सर्वाधिक ७० तथा कप्तान स्कट एडवाड्र्सले ५७ रन बनाएका थिए।

करण केसीले ४ विकेट लिएका छन् । दीपेन्द्र सिंह ऐरीले २ विकेट लिँदा ललित राजवंशी र हेमन्त धामीले १–१ विकेट लिए । शृङ्खलाका चारै खेलमा पराजित नेपालको घरेलु मैदानबाहिर यो लगातार आठौँ हार हो । योसँगै अब लिग २ मा शीर्ष ४ मा पर्ने सम्भावना लगभग समाप्त भएको हाे । नेदरल्यान्ड्सले भने शृङ्खलामा लगातार तेस्रो जित निकालेको छ । नेदरल्यान्ड्सको ३१ खेलमा ३८ अंक भएको छ ।

नेपालको ३२ खेलमा २४ अंक रहेकाे हाे । नेपालले बाँकी ४ मध्ये १ मात्र खेल हारे पनि शीर्ष ४ मा पर्ने सम्भावना पूर्णरूपमा सकिने भएकाे छ । नेपालले ओमान र क्यानाडासँगको शृङ्खला खेल्न बाँकी रहेकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४