Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रहरीकाे सेवा अत्यन्त चुनौतीपूर्ण र संवेदनशील: वरिष्ठ कलाकार श्रेष्ठ


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन ८ २०८३
  • 1.2K
    SHARES

काठमाडाैं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले प्रहरीकाे सेवा अत्यन्त चुनौतीपूर्ण र संवेदनशील रहेको बताउनुभएको छ ।

काठमाडाैंमा शुक्रबार मेट्रो ट्राफिक एफएमको १४ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले प्रहरीको भूमिका र सडक अनुशासनका विविध पक्षमा आफ्नो धारणा राख्नुभएको हो । प्रहरीको कार्यप्रकृतिकाे बारेमा चर्चा गर्दै वरिष्ठ कलाकार श्रेष्ठले यसलाई निकै ‘अपजसी’ र कठिन जागिरको रूपमा चित्रण गर्नुभयो । आफ्नो देशको प्रहरीको उपस्थितिले मात्रै नागरिकले सुरक्षित महशुस गर्ने उहाँको तर्क छ ।

वरिष्ठ कलाकार श्रेष्ठले २०३२ सालमा भारतको लखनऊ भ्रमण गर्दा स्थानीयबाट ठगिनुपरेको व्यक्तिगत अनुभव सुनाउनुभयाे। उहाँले पराई मुलुकमा सुरक्षाको प्रत्याभुति पाउन कठिन हुने तर स्वदेशमा प्रहरी भएकै कारण नागरिक ढुक्कसँग बस्न सकेको उल्लेख गर्नुभएकाे छ। सडक अनुशासन र ट्राफिक व्यवस्थापनका विषयमा बोल्दै श्रेष्ठले नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको चालक संस्कार आवश्यक रहेको बताउनुभयाे।

विदेशमा चालकहरूले अरूलाई प्राथमिकता दिने (पहिले तिमी) संस्कार रहेको उल्लेख गर्दै वरिष्ठ कलाकार श्रेष्ठले नेपालमा पनि लेन अनुशासन, गतिको पालना र लाइटको सही प्रयोगबारे थप शिक्षा दिनुपर्नेमा जोड दिनुभएकाे छ । प्रहरीले चालेका सकारात्मक कदमहरूलाई जनताले पूर्ण रूपमा साथ दिएको उहाँले बताउनुभयाे ।

वरिष्ठ कलाकार श्रेष्ठले यस्ता सुधारका कार्यहरूमा जनचेतना फैलाउन कलाकारहरूको पनि महत्वपूर्ण भूमिका रहने बताउनुभएकाे छ। उहाँले आगामी दिनमा पनि चेतनामूलक कार्यहरूमा आफ्नो सहयोग जारी रहने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४