Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दोलखामा पहिरोमा परी ७३ वर्षीय वृद्ध बेपत्ता, ४ जना कर्मचारीको भने उद्धार


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन ६ २०८३
  • 551
    SHARES

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका–९, मूलखर्कमा मंगलबार राति अविरल वर्षापछि गएको पहिरोमा परी करिब ७३ वर्षीय तसमान तामाङ बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार पहिरोले स्थानीय तामाङलाई बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटनाबारे सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, स्थानीयवासी तथा अन्य सुरक्षाकर्मीको टोली घटनास्थलमा परिचालन गरिएको छ र बेपत्ता तामाङको खोजी कार्य तीव्र रूपमा जारी रहेको प्रहरीले जनाएको छ।

त्यसैगरी, पहिरोका कारण जोखिममा परेको सिप्रिङ खोला जलविद्युत आयोजनामा कार्यरत चार जना कर्मचारीलाई उद्धार टोलीले सकुशल उद्धार गरेको छ। उद्धार गरिएका सबै कर्मचारीलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।

अविरल वर्षासँगै आएको पहिरोले उक्त क्षेत्रमा जोखिम बढाएको छ। स्थानीय प्रशासनले वर्षा निरन्तर भइरहेकाले पहिरो प्रभावित तथा आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

मनसुन सक्रिय रहेकाले दोलखासहित पहाडी जिल्लाहरूमा पहिरो, बाढी र भूक्षयको जोखिम उच्च रहेको मौसमविद्हरूले जनाएका छन्। प्रशासनले जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवागमन नगर्न तथा मौसमसम्बन्धी आधिकारिक सूचनालाई नियमित रूपमा पालना गर्न सबैसँग अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४