Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पताल अगाडि प्रदर्शन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार २७ २०८३
  • 418
    SHARES

काठमाडौं । आत्मदाहपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका गणेश नेपालीको न्यायको माग गर्दै शनिबार काठमाडौंस्थित वीर अस्पताल अगाडि प्रदर्शन गरिएको छ। मृतकका आफन्त तथा समर्थकहरूले सरकार र सत्तारुढ पक्षविरुद्ध नाराबाजी गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका हुन्।

प्रदर्शनका क्रममा सहभागीहरूले सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै विभिन्न नाराबाजी गरेका थिए। उनीहरूले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाह तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नाम उल्लेख गर्दै पनि विरोध प्रदर्शन गरेका थिए।

प्रदर्शन प्रारम्भमा शान्तिपूर्ण रूपमा अघि बढे पनि सहभागीहरू सडकमा उत्रिन खोजेपछि केहीबेर स्थिति तनावग्रस्त बनेको थियो। सडक अवरुद्ध हुन सक्ने अवस्था देखिएपछि नेपाल प्रहरीले प्रदर्शनकारीलाई रोक्न प्रयास गरेको थियो।

यस क्रममा प्रदर्शनकारी र प्रहरीबीच केही समय धकेलाधकेल भएको थियो। यद्यपि स्थिति थप उग्र बन्न नदिई प्रहरीले प्रदर्शनलाई नियन्त्रणमा लिएको थियो। घटनास्थलमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको थियो।

प्रदर्शनकारीहरूले गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन, जिम्मेवार पक्षमाथि कानुनी कारबाही तथा पीडित परिवारलाई न्याय दिलाउन सरकारसँग माग गरेका छन्। घटनालाई लिएर सार्वजनिक चासो बढिरहेका बेला सम्बन्धित निकायले आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४