Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सार्वजनिक यातायातका समस्या समाधानमा व्यवसायीसँग सहकार्य गर्न तयार छौं : मुख्यमन्त्री बानियाँ


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार २७ २०८३
  • 836
    SHARES

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशभित्र सार्वजनिक यातायात क्षेत्रका समस्या समाधानका लागि प्रदेश सरकार यातायात व्यवसायीसँग सहकार्य गर्न पूर्ण रूपमा तयार रहेको बताउनुभएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलासहितको प्रतिनिधिमण्डलसँग भएको भेटवार्ताका क्रममा मुख्यमन्त्री बानियाँले सार्वजनिक यातायातलाई सुरक्षित, व्यवस्थित र सेवामुखी बनाउन सरकार र व्यवसायीबीच समन्वय अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

उहाँले सवारी दुर्घटनामा घाइते हुने नागरिकहरूको उपचारलाई सहज बनाउन सरकारी अस्पतालहरूमा ट्रमा सेन्टरको विकास गरिने तथा आवश्यक कानुनी र नीतिगत व्यवस्था मिलाउन प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।

भेटका क्रममा यातायात व्यवसायीहरूले ट्राफिक व्यवस्थापन, सवारी दुर्घटनापछि हुने क्षतिपूर्ति, घाइतेको उपचार तथा यातायात सञ्चालनका क्रममा देखिएका विभिन्न व्यावहारिक समस्याबारे सरकारको ध्यानाकर्षण गराएका थिए। उनीहरूले यी समस्याको दीर्घकालीन समाधानका लागि प्रदेश सरकारले आवश्यक पहल गर्न आग्रह गरेका छन्।

मुख्यमन्त्री बानियाँले व्यवसायीका सुझावलाई सकारात्मक रूपमा लिँदै सार्वजनिक यातायात क्षेत्रलाई थप सुरक्षित, प्रभावकारी र नागरिकमैत्री बनाउन आवश्यक समन्वय र सहकार्यलाई प्राथमिकता दिइने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४