Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौंको बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, उपचारका लागि वीर अस्पतालमा भर्ना


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार २७ २०८३
  • 855
    SHARES

काठमाडौं । काठमाडौं महानगरपालिका–१० बुद्धनगरमा डेरा गरेर बस्ने एक व्यक्तिले शनिबार बिहान आत्मदाहको प्रयास गरेका छन्। घरायसी विवादका कारण उनले आफ्नै कोठामा शरीरमा आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईका अनुसार बिहान करिब ६:२० बजे ४५ वर्षीय अस्विन राउतले आफ्नै कोठामा आत्मदाहको प्रयास गरेका हुन्। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो।

प्रहरीले स्थानीयको सहयोगमा उनलाई उद्धार गरी तत्काल उपचारका लागि वीर अस्पताल पठाएको जनाएको छ। हाल उनको स्वास्थ्य अवस्था र जलेको शरीरको क्षतिको विस्तृत विवरण सार्वजनिक गरिएको छैन। चिकित्सकको निगरानीमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार घरायसी विवादका कारण उनले यस्तो कदम चालेको हुन सक्ने देखिएको छ। घटनाको वास्तविक कारण र अन्य पक्षबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

पछिल्लो समय आत्मदाहका प्रयासका घटना बढ्दै गएको देखिएको छ। केही दिनअघि काठमाडौंको त्रिपुरेश्वरमा गणेश नेपालीले आत्मदाहको प्रयास गरेका थिए। उपचारका क्रममा उनको मृत्यु भएको थियो। त्यसैगरी सर्लाहीका अर्का एक व्यक्तिले पनि आत्मदाहको प्रयास गरेका छन् र उनी हाल कीर्तिपुरस्थित अस्पतालमा उपचाररत छन्।

यदि तपाईं वा तपाईंले चिन्ने कुनै व्यक्ति अत्यधिक तनाव, निराशा वा आत्महत्यासम्बन्धी सोचसँग संघर्ष गरिरहनुभएको छ भने, कृपया विश्वासिलो परिवारका सदस्य, साथी, मानसिक स्वास्थ्य विशेषज्ञ वा नजिकको स्वास्थ्य संस्थासँग तत्काल सहयोग लिनुहोस्। समयमै सहयोग खोज्नु जीवनरक्षक हुन सक्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४