Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

त्रिवि उपकुलपति प्रा डा थापाद्वारा कार्यभार सुरु


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार २२ २०८३
  • 988
    SHARES

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. भोला थापाले आजदेखि औपचारिक रूपमा आफ्नो कार्यभार सम्हालेका छन्। कीर्तिपुरस्थित विश्वविद्यालय परिसरमा आयोजित कार्यक्रममा उनले पदभार ग्रहण गर्दै त्रिभुवन विश्वविद्यालयलाई उत्कृष्ट, प्रतिस्पर्धी र विश्वस्तरीय शैक्षिक संस्थाका रूपमा विकास गर्न आफू पूर्ण रूपमा प्रतिबद्ध रहने बताएका छन्।

प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १८ (२) बमोजिम गठित सिफारिस समितिको सिफारिसका आधारमा असार १९ गतेको निर्णयअनुसार प्रा. डा. थापालाई विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरेका हुन्।

नवनियुक्त उपकुलपति थापा नेपालका अनुभवी शिक्षाविद् तथा व्यवस्थापकका रूपमा परिचित छन्। उनी यसअघि काठमाडौँ विश्वविद्यालयको उपकुलपति भइसकेका छन्। त्यसअघि उनले सोही विश्वविद्यालयमा रजिष्ट्रार, इन्जिनियरिङ सङ्कायका डीनलगायत विभिन्न नेतृत्वदायी जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका थिए।

उच्च शिक्षा, अनुसन्धान तथा विश्वविद्यालय व्यवस्थापनमा लामो अनुभव रहेका प्रा. डा. थापाले विशेषगरी हाइड्रोलिक मेसिनरी र ऊर्जा प्रणाली क्षेत्रमा उल्लेखनीय अध्ययन तथा अनुसन्धान गरेका छन्। उनले नर्वेजियन युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीबाट विद्यावारिधि (पीएचडी) हासिल गरेका हुन्।

पदभार ग्रहण समारोहलाई सम्बोधन गर्दै उपकुलपति थापाले त्रिभुवन विश्वविद्यालयको ऐतिहासिक गरिमा कायम राख्दै आधुनिक, अनुसन्धानमुखी र गुणस्तरीय विश्वविद्यालयका रूपमा विकास गर्ने आफ्नो प्राथमिकता रहेको बताए। उनले विश्वविद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी, पूर्वविद्यार्थी तथा अन्य सरोकारवालाको राय, सुझाव र सहकार्यलाई आत्मसात् गर्दै संस्थागत सुधारका लागि समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले भौतिक पूर्वाधारको सुदृढीकरण, मानव स्रोतको क्षमता अभिवृद्धि, अनुसन्धान र नवप्रवर्तनको प्रवर्द्धन, शैक्षिक गुणस्तर सुधार तथा अन्तर्राष्ट्रिय सहकार्य विस्तारलाई आफ्नो कार्यकालका प्रमुख प्राथमिकतामा राख्ने संकेत पनि गरेका छन्।

कार्यक्रममा निवर्तमान उपकुलपति प्रा. डा. सुशीलबहादुर बर्जाचार्य, निमित्त शिक्षाध्यक्ष प्रा. डा. शङ्करप्रसाद खनाल, निमित्त रजिष्ट्रार प्रा. डा. महानन्द चालिसे, विभिन्न अध्ययन संस्थान तथा सङ्कायका डीन, अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक, महाशाखा प्रमुख, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

त्रिभुवन विश्वविद्यालय नेपालको सबैभन्दा ठूलो र पुरानो विश्वविद्यालय भएकाले नयाँ नेतृत्वसँग शैक्षिक सुधार, समयमै परीक्षा तथा नतिजा प्रकाशन, अनुसन्धानको विस्तार, प्रशासनिक सुधार र अन्तर्राष्ट्रिय स्तरमा विश्वविद्यालयको प्रतिष्ठा थप उकास्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४