Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारलाई दृष्टिबिहीनहरुको चेतावनी- ‘७ दिनभित्र माग पूरा नभए रिले अनशन बस्छौँ’


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार १० २०८३
  • 361
    SHARES

काठमाडौँ । सडकपेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिविहीन व्यवसायीहरूको समूहले माइतीघरमा धर्ना दिएको छ ।

बुधवार बिहान माइतीघर मण्डलामा दृष्टिबिहीनहरुले धर्ना दिएका हुन् । राज्यले पछाडि पारेका आफूहरूलाई राज्यले आफ्नो हातमा भएको सीप पनि प्रयोग गर्न नदिएको आरोप प्रदर्शनरत दीपराजले बताए ।

आफूहरूको आयस्रोतको माध्यम भनेकै साङ्गीतिक कार्यक्रम भएको बताए । सांस्कृतिक कार्यक्रम गर्दा पशुपति क्षेत्र विकास कोष, महानगर प्रहरी, बौद्ध विकास कोष, जनपथ प्रहरीले धरपकड गर्ने, कुटपिट गर्ने काम भएको आरोप लगाए । आफैँसँग हारेका दृष्टिबिहीहरुको अन्तिम विकल्प नै अरूको सहयोग लिनुपर्ने भएपनि सरकारले अरूको सहयोग लिन नदिएको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले आगामी दिनमा यसबारे सोचोस् भनेर माइतीघरमा आन्दोलन गर्न आएको बताए । सरकारले हुन्छ मात्रै भन्ने तर माग पूरा नगर्ने गरेको आरोप लगाए । गाँस, बास र कपासको माग पूरा नभएसम्म धर्ना कार्यक्रम गर्ने चेतावनी दिए । सात दिनसम्म माइतीघरमा धर्ना दिने कार्यक्रम रहेको र सात दिनसम्म पनि माग पूरा नभए रिले अनसन सुरु गर्ने चेतावनी दिए ।

शिक्षित व्यक्तिलाई जागिरको व्यवस्थापन गर्न दिनुपर्ने, अशिक्षितलाई जीवनयापन भत्ताको व्यवस्थापन गर्नुपर्ने, दृष्टिविहीनका साथै पूर्ण रूपमा अपाङ्गता भएकाहरूलाई सरकारले व्यवस्थापन गर्नुपर्ने बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईँ ९दृष्टिविहीन० ले दृष्टिविहीनलाई मागेर खाने व्यक्तिको बारेमा आफू कुरा नगर्ने भन्दै पन्छिएको बताए ।

घाम, पानी, धुवाँ, धुलो सहनु रहर होइन, बाध्यता हो, विकल्प नभई सडकपेटी छोड्दैनौँ भन्दै प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४