Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्वपामा पद नपाए पार्टी छोड्ने प्रवृत्ति बढ्यो: विपिन आचार्य


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ ३१ २०८३
  • 798
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन आचार्यले पार्टीभित्र पद प्राप्तिलाई केन्द्रमा राखेर राजनीति गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

लुम्बिनी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै आचार्यले चुनावमा टिकट नपाए पनि पार्टीप्रति प्रतिबद्ध भएर क्रियाशील रहनुपर्नेमा धेरै कार्यकर्ता पदीय जिम्मेवारी र अवसरको खोजीमा केन्द्रित भएको बताए ।

उनले केही कार्यकर्तामा छोटो अवधिमै ठूलो पद प्राप्त गर्ने अपेक्षा देखिएको उल्लेख गर्दै भने, ‘चार वर्षमा मन्त्री बन्न पाएन भने पार्टी नै छोडिदिन्छु भन्ने साथीहरूको विगबिगी छ । चार वर्षमै सभापति बन्न नपाए सभापतिको पद नै काम लाग्दैन जस्तो ठान्ने र अर्को पार्टीतर्फ जाने सोच बनाउने प्रवृत्ति देखिन्छ। यो सही होइन ।’

आचार्यले पार्टीका नेता–कार्यकर्तालाई पुराना राजनीतिक दलबाट धैर्यता सिक्न सुझाव दिए । उनका अनुसार पुराना दलका कार्यकर्ताले दशकौंसम्म पार्टीप्रति निष्ठा कायम राख्दै अवसरको प्रतीक्षा गर्ने गरेका छन् ।

‘३०–३५ वर्षपछि टिकट पाउँदा पनि उनीहरूमा पार्टीप्रतिको माया र प्रतिबद्धता कायम थियो,’ उनले भने, ‘तर हामी भने चार वर्षभित्र चाहेको पद नपाउँदा राजनीतिक भविष्य नै सकिएको जस्तो व्यवहार गर्छौं ।’

उनले व्यक्तिगत महत्वाकांक्षाभन्दा संगठनको हितलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । आफू बाहेक अरू व्यक्ति नेतृत्व वा पदमा पुगे पार्टी वा देश बिग्रन्छ भन्ने सोच त्याग्न आग्रह गर्दै आचार्यले सबैले सामूहिक नेतृत्व र सहकार्यको संस्कृतिलाई बलियो बनाउनुपर्ने बताए ।

रास्वपाभित्र बढ्दो पदमुखी सोच र असहिष्णु राजनीतिक संस्कृतिप्रति संकेत गर्दै आचार्यले कार्यकर्तालाई धैर्यता, निष्ठा र संगठनप्रतिको प्रतिबद्धता कायम राख्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४