Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बेरुजुलाई ‘फाष्ट ट्र्याक’बाट न्यूनीकरण गर्न आवश्यक


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ ३० २०८३
  • 323
    SHARES

काठमाडौँ । सार्वजनिक लेखा समितिले रु सात खर्ब ५५ अर्ब १७ करोड २२ लाख बेरुजुलाई ‘फाष्ट ट्र्याक’बाट न्यूनीकरण गर्नेतर्फ गृहकार्य थालेको जनाएको छ ।

ठूलो रकम फछ्र्यौट नहुँदा सरकारी निकायको कार्यक्षमतामा प्रश्न उब्जिएकाले पनि नीतिगत सहजीकरण गर्न लागेको समितिको भनाइ छ ।

समितिका सभापति भरतबहादुर खड्काले वर्षौंदेखि सार्वजनिक निकायसँग बेरुजुको रकम बढ्दा सरकारी निकायप्रति नै कार्यक्षमता र कार्यशैलीतर्फ प्रश्न उब्जिएकाले पनि योजनाबद्ध र आक्रामक शैलीमा बेरुजु फछ्र्यौट गर्ने गृहकार्यमा जुटेको बताए ।

‘सधैँभरि बेरुजु भनेर मात्रै हुँदैन । अब बेरुजुलाई सधैँका लागि अन्त्य गर्ने प्रयास गरेर अघि बढ्न जरुरी भइसकेको छ, पहिलो चरणमा समितिले सरकारी निकायसँग बेरुजुको अवस्था र कारणको विषयमा विस्तृत रुपमा छलफल गरेर नीतिगत रुपमा सुधार देखिने गरी काम गर्न लागिरहेका छौँ’ उनले भने ।

महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनले सङ्घीय सरकार मातहत मात्रै रु तीन खर्ब ७८ अर्ब ५३ करोड ६४ लाख बेरुजु देखाएको छ । साथै प्रदेश सरकार मातहत रु ३३ अर्ब ९६ करोड ९० लाख र स्थानीय तह मातहत रु दुई खर्ब २० अर्ब ४७ करोड २६ लाख बेरुजु छ । त्यस्तै, समिति र अन्य संस्था मातहत भने रु एक खर्ब २२ अर्ब १९ करोड ४२ लाख रकम बेरुजु रहेको जनाइएको छ ।

महालेखापरीक्षकको प्रतिवेदनअनुसार अर्थमन्त्रालय मातहत रु ३७ अर्ब ६३ करोड ३१ लाख बेरुजु रहेको छ भने साबिकको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत रु सात अर्ब १० करोड ३३ लाख बेरुजु छ ।

त्यस्तै, साबिकको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहत रु एक अर्ब ५३ करोड ६६ लाख, वन तथा वातावरण मन्त्रालयअन्तर्गत रु एक अर्ब ३४ करोड ५७ लाख, साबिकको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहत भने रु एक अर्ब १६ करोड ६८ लाख बेरुजु छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४