Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अर्थमन्त्री वाग्लेले सिंगो संसदको अवमूल्यन हुनेगरी सांसदहरूलाई धम्क्याएकाे भन्दै नेकपाकाे आपत्ति


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ २९ २०८३
  • 532
    SHARES

काठमाडाैं । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदको अवमूल्यन गरेको भन्दै छानविनका लागि संसदीय समिति गठन गर्न माग गर्नुभएको छ।

प्रतिनिधि सभाकाे शुक्रबारकाे बैठकमा बाेल्दै उहाँले यस्ताे माग गर्नुभएकाे हाे । अर्थमन्त्री वाग्ले आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सिंगो संसदको अवमूल्यन हुनेगरी सांसदहरुलाई धम्क्याउने काम गरिएकोमा आपत्ति जनाउनुभएकाे छ । उहाँले त्यसबारे छानविन गर्न संसदीय समिति गठन गर्न माग गर्नुभएको हो । उहाँले अर्थमन्त्री वाग्लेले करको दर हेरफेर गर्ने अपराध आफूले गरेको हुँ भनेर संसदको मानहानी गरेको आरोप पनि लगाउनुभयो ।

नेता पुनले पुरानो र नयाँ भनेर विषयान्तर गरेर अर्थमन्त्रीले गरेको अपराध लुकाउने काम गर्न नपाईने बताउनुभएकाे छ । उहाँले करको दर हेरफेर अघिल्लो वर्ष पनि भएको भन्ने अर्थमन्त्री वाग्लेको भनाई उल्लेख गर्दै विगत र वर्तमान सबैको पालामा भएको उक्त विषयमा छानविन गर्नुपर्ने बताउनुभयो ।

नेता पुनले अर्थमन्त्री वाग्लेले नयाँ र पुराना भनेर आफ्नो अपराध लुकाउन नहुने बताउनुभएकाे छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४