Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल–भारत सम्बन्धलाई विकास कुटनीतितर्फ लैजान चाहन्छौँः परराष्ट्रमन्त्री खनाल


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ २४ २०८३
  • 1K
    SHARES

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सम्बन्धलाई भू–राजनीतिक तनावको दृष्टिकोणबाट हटाएर विकास, प्रविधि र आर्थिक रूपान्तरणमा केन्द्रित नयाँ साझेदारीका रूपमा अघि बढाउन चाहेको बताएका छन् ।

भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेपाल–भारत सम्बन्धलाई पुरानो राजनीतिक दृष्टिकोणभन्दा माथि उठाएर परिणाममुखी कूटनीतितर्फ लैजानुपर्ने आवश्यकता रहेको बताए ।

मन्त्री खनालले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार विगतका राजनीतिक बोझबाट मुक्त भएर काम गर्न चाहेको उल्लेख गर्दै सुशासन र जवाफदेहितामा आधारित नयाँ राजनीतिक दृष्टिकोणका साथ अघि बढिरहेको बताए ।

उनका अनुसार भारत भ्रमणका क्रममा व्यापार, ऊर्जा, पूर्वाधार, जलस्रोत र जनस्तरका सम्बन्ध सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको छ ।

भारतका विदेशमन्त्री डा. एस. जयशंकरसँगको द्विपक्षीय वार्तामा सीमापार सम्पर्क विस्तार, ऊर्जा साझेदारी र आर्थिक सहकार्यका विषयमा छलफल भएको उनले जानकारी दिए ।

मन्त्री खनालका अनुसार नेपाल–भारतबीच सीमापार डिजिटल भुक्तानी प्रणाली सञ्चालनमा आएको छ, जसले दुवै देशका नागरिक, पर्यटक र साना व्यवसायीलाई प्रत्यक्ष लाभ पुग्नेछ ।

उनले भारतीय सहयोगमा निर्माण भएका ७२ वटा स्वास्थ्य तथा १२ वटा सांस्कृतिक भूकम्पपछिका पुनर्निर्माण परियोजना औपचारिक रूपमा हस्तान्तरण भएको जानकारी पनि दिए।

त्यसैगरी काठमाडौं विश्वविद्यालय र भारतको भाषिणी डिभिजनबीच भाषा अनुवादसम्बन्धी डिजिटल पूर्वाधार विकासका लागि समझदारी भएको उनले बताए ।

सीमा क्षेत्रमा लागू गरिएको भन्सार व्यवस्थाबारे उठेको प्रश्नको जवाफ दिँदै मन्त्री खनालले खुला सीमाको दुरुपयोग रोक्नका लागि उक्त व्यवस्था ल्याइएको स्पष्ट पारे ।

उनले भारतीय नागरिकलाई नेपाल भ्रमणका लागि आमन्त्रण गर्दै पशुपतिनाथ, जनकपुर, लुम्बिनी र मुक्तिनाथजस्ता धार्मिक तथा सांस्कृतिक स्थलको अनुभव लिन आग्रह गरे ।

भारतका विदेशमन्त्री डा. एस. जयशंकरको निमन्त्रणामा मन्त्री खनाल भारत भ्रमणमा गएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४