Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फ्रान्सेली नागरिकको अनुभुति समेटिएको ‘त्यो नेपाल’ नामक पुस्तक सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ २४ २०८३
  • 494
    SHARES

काठमाडाैं । ‘त्यो नेपाल’ नामक पुस्तक सार्वजनिक भएको छ ।

लेखक तथा पत्रकार ददि सापकोटाले नेपाललाई कर्मथलो बनाएका फ्रान्सेलीको अनुभवलाई संकलन गरेर उक्त पुस्तक सार्वजनिक गर्नुभएको हो ।

आईतबार काठमाडौंमा पुस्तक सार्वजनिक गर्दै लेखक सापकोटाले पुस्तक लेखनको क्रममा आफूले नेपालबारे फ्रान्सेली नागरिकलाई जति अनुभव नेपालीहरुलाई पनि नभएका अनुभुति भएको बताउनु भयो । उहाँले केही फ्रान्सेलीहरुले काठमाडौंदेखि हिँडेर धनकुटासम्म पुगेको पाईएको पनि बताउनु भयो ।

लेखक सापकोटाले भन्नुभयो,‘नेपालको हिमाल, पहाड, तराईको म टुरिष्ट गाईड पनि हुँ म । तर मैले यो किताव लेख्दा थाहा पाएँ–फ्रान्सेलीहरुसँग जे सुन नि । नेपालको बारेमा त मलाई दश प्रतिशत पनि थाहा रहेनछ भन्ने मलाई थाहा भयो । त्यति धेरै कुरा सिके मैले त्यो नेपालबाट । यहाँको हावापानी, यहाँको धरातल, यहाँको म्युजिक सिष्टम । यहाँ कोही कोही मान्छेहरु, यो कितावको पात्र नै कस्तो हुुनु्हुन्छ भने काठमाडौंदेखि हिँडेर, हिले धनकुटा पुग्नुभएको छ । काठमाडौंबाट पोखरा, पाल्पा हुँदै हिँडेर दाङ पुग्नुभएको छ ।’

पुस्तकमा नेपाल र फ्रान्सबीचको सम्बन्धका साथै नेपालको इतिहास र संस्कृतिबारे फ्रान्सेली नागरिकहरूले देखेको र भोगेको नेपाललाई समेटिएको छ । अन्तर्वार्तामा आधारितः विभिन्न समयमा नेपाल घुमेका, काम गरेका र नेपालसँग विशेष आत्मीयता गाँसेका २९ जना फ्रान्सेली नागरिकहरूसँग गरिएको कुराकानी र उनीहरूका संस्मरणलाई पुस्तकमा उतारिएको हो । उक्त पुस्तक फाइनप्रिन्ट बुक्सद्वारा प्रकाशित गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४