Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाउँदै सडक विभाग


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ २२ २०८३
  • 342
    SHARES

काठमाडौँ । सडक विभागले सडक पूर्वाधार विकाससँगै वातावरणीय सन्तुलन र हरित प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

विश्व वातावरण दिवसको अवसरमा काठमाडौँमा वृक्षारोपण कार्यक्रममा विभागका महानिर्देशक डा. विजय जैसीले यस्तो जानकारी दिएका हुन् ।

महानिर्देशक डा. जैसीले विभागको जिम्मेवारी सडक निर्माणमा मात्र सीमित नरही जलवायु अनुकूलन (क्लाइमेट रेजिलेन्स) र हरित मार्ग निर्माणमा केन्द्रित रहेको बताए । सडकका वरपर हरियाली प्रवर्धन गर्न विभागको आफ्नै कार्यविधि रहेको उल्लेख गर्दै उनले पछिल्लो समय विश्व बैंक र एसियाली विकास बैंक (एडिबी) जस्ता दातृ निकायहरूले पनि हरित सडकको अवधारणालाई महत्वका साथ अघि सारेको जानकारी दिए ।

जैसीकाअनुसार काठमाडौँ उपत्यकामा मात्र नभई देशभर नै यस्ता वातावरणमैत्री सडक निर्माण र हरियाली प्रवर्द्धनका कार्यक्रमहरू विस्तार गरिनेछ ।

महानिर्देशक जैसीले भने ‘सडक विभागले केवल भौतिक पूर्वाधार मात्र बनाउने होइन, वातावरणलाई समेत ध्यान दिएर जलवायु अनुकूलनका आधारमा हरित मार्ग निर्माण गर्ने संस्कृतिलाई अघि बढाउँदै आएको छ । यो कार्यक्रमलाई हामीले एउटा ‘केस स्टडी’का रूपमा अघि बढाएका हौँ ।’

सडक डिभिजन काठमाडौँका प्रमुख एवं सिनियर डिभिजन इन्जिनियर सुवोधकुमार देवकोटाले विकास र वातावरणलाई परिपूरकका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए । विकास निर्माणका क्रममा वातावरण ओझेलमा पर्ने गरेको विगतको अभ्यासलाई सुधार्दै अबका प्रत्येक सडक आयोजनामा वातावरणमैत्री अवधारणा अनिवार्य रूपमा लागू गरिने उनको भनाइ छ ।

आज मात्रै काठमाडौँका सडकमा करिब २ सय बिरुवा रोपेको बताए ।

डिभिजन प्रमुख देवकोटाले भने ‘सडक निर्माण गर्दा विनाश मात्र हुन्छ भन्ने आम सन्देशलाई चिर्न हामीले वातावरणमैत्री सडक निर्माणको अभियान सुरु गरेका हौँ । यसै उपलक्ष्यमा आज हामीले करिब २०० बिरुवा रोपण गरेका छौँ र तिनको संरक्षणको जिम्मेवारी पनि लिएका छौँ ।’

विश्व वातावरण दिवसको सन्दर्भमा आयोजित यस कार्यक्रमले सडक पूर्वाधार र पर्यावरणबीच सन्तुलन कायम गर्दै दिगो विकासको लक्ष्य हासिल गर्न सघाउ पुग्ने विश्वास विभागले लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४