Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपाली टाेलीको लगातार दोस्रो जित


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ २१ २०८३
  • 684
    SHARES

काठमाडाैं । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले भुटानलाई ५१ रनकाे फराकिलाे अन्तरले पराजित गर्दै लगातार दोस्रो जित हात पारेकाे छ ।

मलेसियामा बिहीबार भएकाे खेलमा नेपालले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ६२ रन मात्र बनाउन सकेकाे हाे । भुटानका लागि डेचेन वाङ्मोले ६० बलमा सर्वाधिक ३९ रन बनाएकी हुन् । चाडो ओमले ११ रन जोड्दा अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । नेपालको बलिङतर्फ रुबिना क्षेत्रीले ३ तथा रिया शर्माले २ विकेट लिएकी छन् । कविता कुँवर र मनिषा उपाध्यायले समान १-१ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल २० ओभरमा १ सय १३ रन बनाएर अलआउट भएको थियो । नेपालका लागि सीता राना मगरले २८ बलमा सर्वाधिक ३७ रन बनाएकी हुन् । रुबिना क्षेत्रीले २४ रन जोडिन् भने सोनी पाख्रिनले १३ र सम्झना कुमारीले १० रन बनाएकी छन् । भुटानका लागि सोनाम र छेरिङ जाङ्मोले समान ३/३ विकेट लिएका थिए ।

पहिलो खेलमा बुधबार कतारलाई ८ विकेटले पराजित गरेको नेपाल समूह ‘डी’ मा लगातार दोस्रो जित हात पार्न सफल भएको हो । नेपाल रहेको समूहमा कतार, भुटान र हङकङ रहेका छन् । नेपालले समूह चरणको अन्तिम खेल शनिबार हङकङसँग खेल्ने तालिका रहेकाे छ । महिला टी–२० एशिया कप छनोट प्रतियोगिता समेत रहेको एसीसी महिला प्रिमियर कपमा १८ टोली सहभागी छन् ।

प्रतियोगिताबाट उत्कृष्ट चार टोली महिला एशिया कपका लागि छनोट हुने भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४