Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीले माफी नमागेसम्म अरु विषयमा छलफल हुँदैनः हर्कराज राई


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ १९ २०८३
  • 418
    SHARES

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्ति राष्ट्रहितविपरीत रहेको भन्दै सदनमा आएर माफी माग्नुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राईले प्रधानमन्त्रीको ‘नेपालले पनि भारतको सीमा मिचेको रहेछ’ भन्ने अभिव्यक्तिले देशको भौगोलिक अखण्डता, सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षामाथि नै प्रश्न उठाएको बताए ।

उनले प्रधानमन्त्रीको अभिव्यक्तिपछि विभिन्न क्षेत्रमा नकारात्मक असर देखिन थालेको दाबी गर्दै उक्त भनाइ तत्काल सच्याउनुपर्ने बताए ।

‘कार्यकारी प्रमुखले त्यसरी बोल्न मिल्दैन,’ राईले भने, ‘उहाँले आफ्नो गलत भनाइ सच्याउँदै संसदमा आएर माफी माग्नुपर्छ ।’

राईले प्रधानमन्त्रीले नेपालले भारतको कहाँ र कति भूभाग मिचेको हो भन्ने तथ्यसहित स्पष्ट पार्नुपर्ने माग पनि गरे ।

प्रधानमन्त्रीको अभिव्यक्तिबारे शंका व्यक्त गर्दै उनले उक्त टिप्पणी भारतलाई सन्तुष्ट पार्ने उद्देश्यले गरिएको हो कि भन्ने प्रश्नसमेत उठाए ।

उनले प्रधानमन्त्रीले संसदमा माफी नमागेसम्म अन्य विषयमा छलफल हुन नसक्ने स्पष्ट पार्दै राष्ट्रियता र सीमासम्बन्धी विषय बजेटभन्दा पनि महत्वपूर्ण रहेको बताए ।

‘राष्ट्रहित र राष्ट्रियताको विषयभन्दा ठूलो बजेट हुन सक्दैन,’ उनले भने, ‘प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे स्पष्टता नदिएसम्म संसदको अवरोध हट्ने अवस्था छैन ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४